ट्रेन्डीङ्ग

“अक्सिजन सिलिन्डरका लागि मेरो १ हजार”अभियानमा सुनवलका श्रेष्ठद्वारा शर्मालाई रकम हस्तान्तरण

सागर पौडेल जेठ २ सुनवल । “अकालमै कसैको ज्यान नजाओस ,एउटा मात्र अक्सिजन गरिबलाई दिन सकियो भने गरिब बाच्न सक्छ” भन्ने उदेश्यले नेपालि लोकदोहोरी गायिका तथा उद्घोषिका शितल शर्मा,सर्जक ,गजलकार तथा उद्घोषक अञ्चल शाही, सामाजिक अभियान्ता आयुषा कंडेलले सन्चालन गरेको”अक्सिजन सिलिन्डरका लागि मेरो १ हजार” भन्ने अभियानमा पश्चिम् नवलपरासीको सुनवल बाट उठेको रकम हस्तान्तरण गरिएको छ ।

कोभिड-१९ को कारण दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढिरहेको छ । सरकार कुर्सी जोगाउन ब्यस्त छ, सामाजिक अभियान्ता जनता बचाउन । पश्चिम् नवलपरासीको सुनवलमा सामाजिक काम गर्दै आउनुभएका रोशन श्रेष्ठले यो अभियान सुनवलमा चलाउदै आउनु भएको थियो । त्यस्तै उहाले आज सुनवलमा रहेका विभिन्न सामाजिक अभियान्ताबाट उठेको रु ३० हजार अभियान्ता शितल शर्मालाई हस्तान्तरण गर्नुभएको छ।

अभियान्ता श्रेष्ठले अगामी दिनमा उठेको रकम भने अब आफ्नै सुनवल नगरपालिका भित्र आपत बिपत परेको मानिसहरुलाई सहयोग गर्ने र सुनवल नगरपालिकामा सहयोग गर्ने जानकारी गराउदै, सुनवलबाट सहयोग दिने सम्पुर्णलाई धन्यवाद दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?