जेठ ४ परासि । पश्चिम नवलपरासीमा आज ५५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्लामा कोरोनाबाट निकोको संख्या १ हजार ७ सय ६३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको सुनवलका ४६ जना , रामग्रामका २०, बर्दघाटका २५, सरावल ३ प्रतातपुर र सुस्तामा २/२ गरि ९८ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा ३ हजार २ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै आज रामग्राम ३ कि ६५ बर्षिय १ महिलाको होमआइसोलेसनमा मृत्यु भएको छ् । हालसम्म जनाको कोरोना संक्रमणबाट ९७ जनाले ज्यान गएको स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ४ गते मङ्गलवार