सन्देश गुरुङ जेठ १७ सुनवल

पश्चिम् नवलपरासीको सुनवल १३ मा अबस्थित पबित्र वृद्धाश्रम सगरपोखरीमा देवकोटा भुपु विद्यार्थी सहयोगी युवा क्लबले सहयोग गरेको छ ।

कोभिड १९ दोस्रो चरणमा प्रवेश गरे लगत्तै देशभर लकडाउन र निषेधाज्ञा कायमै छ । लकडाउन र निषेधाज्ञालाई मध्यनजर गर्दै आज वृद्धाश्रम लाई खाद्यान्न सहयोग गरेको हो ।
चामल,दाल,आलु,फलफुल,सोयाबिन,तेल,नुन,बेसार,हरियो सागसब्जी, जुस लगायत सहयोग गरेको क्लबका सचिब सागर पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते सोमवार