गणेश भुसाल १६ जेठ स्याङ्जा
जब सवारी गुड्ने पुल जो हावाले हल्लाउँदै गरेको यात्रुबिहिन डुङ्गा झै हल्लन्छ,अनि मदिराको नसामा मनोरन्जन गरिरहेको मदिराको सुभचिन्तक झै कमजोर सवारी धान्ने पुल बन्छ। त्यसपछि हुन्छ सवारीनाच, यात्रु नाच अनि कहिल्यै पिङ नखेलेको सवारी भित्र सिद्धबाबाको खाडलमा पनि नहलिएको नचलि बसेको सामानको रङ्गनाच। हो यस्तै निसुल्क नाच्न स्याङ्जा आउने सामानले पाएको छ। धन्न मान्छेले झै आनन्दको स्वाद लिन नसक्ने बनाएर हो भगवानले नत्र सामानले पनि भन्ने थियो १० टन भन्दा धेरै बोक्न नसक्ने स्याङ्जालि र पाल्पालि भएको पुलवाला सहर पसेर आएको ठुलो चिज हु म। यति ठुलो सामान हु कि मान्छेलाई म मेरो गुलाम भन्छु।यस्तै हास्यास्पद बन्दै छ स्याङ्जा र पाल्पा जोड्ने राम्दी पुलको अवस्था।

अहिले स्याङ्जामा खेतभरि युरिया छर्ने बेला भएको मकै छ, तर युरिया मल छैन। यो त भातखान बोलाउनु अनि रित्तो कसौडि बजाउदै अरु थपम भन्नू जस्तै अप्ठ्यारो परिस्थिति हो। जुनसुकै सामान होस,धेरै टनको सामान सहित सवारी स्याङ्जा भित्राउन परे राम्दी पुलभन्दा अर्को आधा फेरो पर्ने बाटो सामान ल्याउनुपर्ने देखिन्छ। कारण राम्दी पुल कमजोर छ। थाहा सबैलाइ छ तर अलि बढी ध्यान दिनपर्ने राजनितिक दलले ढिलाइ गर्दा र नसुनिदिदा ब्यापारी तथा स्याङ्जा हुँदै यात्रा गर्ने सबै मर्कामा छन।

स्याङ्जा जिल्लामा अहिले खेत भरी मकै र मकै राख्न पर्ने बोट युरिया जस्ता मोलले सेतो र सुन्दर हुनुपर्नेमा भैरहवाको गोडाउनको जमिनले अतिनै सुन्दर सेतो मल पाएको छ। तर , बिडम्बना त्यो मल न त्यो गोदामको जमीनमा बोरा खोलेर छर्न मिल्छ,न मलले प्रकृतिले दिएको सुन्दर उपाहार माटाेसङ अङालो हाल्दै मानवहरुलाई सुन्दर ठुला-ठुला आकारका मकै दिएर आ गरिरहेको पेटलाई टाल्न सक्छ।

२०२८ सालमा सुचारु भएको गण्डकी र लुम्बीनी प्रदेश जोडने सिद्धार्थ राजमार्ग सडक खण्डको कालीगण्डकी नदीमा निर्माण गरिएको राम्दी पुल भोकमरि लागेको गाउको मान्छे जस्तै अहिले बनेको छ। सिङै त छ तर अलि भार भए ढल्छ कि जस्तो।पुल त बन्यो तर अहिले त्यो पुल हुँदै सामान ल्याउन पर्नेले कुनै नाफा कमाउदैनन। अनि सर्बसाधारणले कहिले सामान पाउदैनन त कहिले महँगो किन्न बाध्य हुन्छन।

प्रकाशित मिति : २०७८ जेष्ठ १६ गते आइतवार