भारतीय कम्युनिस्ट पार्टी (माओवादी), केन्द्रीय सैन्य आयोगका इन्चार्जसितको अन्तर्वार्ता
भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को राजनीतिक प्रकाशन पिपुल्स मार्च को पछिल्लो अङ्क फेब्रवरी २०२१ को अङ्क प्रकाशित भएको छ । पार्टीको नेतृत्वमा छापामार जन सेना गठनगरेका २० वर्ष पुगेको सन्दर्भमा ‘जनमुक्ति छापामार सेना विशेषाङ्क’ का रूपमा प्रकाशित यस अङ्कमा सो पार्टीका केन्द्रीय सैन्य आयोगका इन्चार्ज कमरेड देबजीको अन्तर्वार्ता पनि प्रकाशित छ । कमरेड चारु मजुमदारको नेतृत्वमा नक्सलवारी किसान विद्रोहको विरासत बोकेको भाकपा (माओवादी) विस वर्षदेखि जनमुक्ति छापामार सेना गठन गरेर भारतीय फासिवादका विरुद्ध दीर्घकालीन जनयुद्ध लडिरहेको छ । यो अन्तर्वार्ताबाट विस वर्षदेखि दीर्घकालीन जनयुद्ध लडिरहेको भाकपा (माओवादी) का अनुभवहरू र उसले भोगेका समस्याहरू र वर्तमानका उसका योजनाहरूका बारेमा जानकारी प्राप्त हुनेछ । प्रस्तुत छ अन्तर्वार्ताको नेपाली अनुवाद ।

(जनसेना नभएको जनतासित केही पनि छैनः देवजी,इन्चार्ज केन्द्रीय सैन्य आयोग,भाकपा (माओवादी)

जनमुक्ति छापामार सेनाको २० औँ वार्षिकोत्सव समारोहको अवसरमा छापामार इलाकामा भाकपा (माओवादी) केन्द्रीय सैन्य आयोग (सिएमसी) का इन्चार्ज कमरेड देबजीसित ’पिपुल्स मार्च’ को भेट भयो । हामीले यस विषयमा कुराको थालनी गरेसँगै उहाँले जनमुक्ति छापामार सेनाको प्रासङ्गिकता, लक्ष, सफलता, असफलता र यसको भविष्यको यात्राका सम्बन्धमा विस्तृत चर्चा गर्नुभयो ।

पिपुल्स मार्चः लाल सलाम कमरेड देबजी ! सबैभन्दा पहिले आजको यस समारोहका बारेमा बताइदिनुहुन्छ कि ।

देबजीः लाल सलाम ! भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले एक वर्षअघि नै २ डिसेम्बर २०२० मा जनमुक्ति छापामार सेना (पिएलजिए) को २० औँ वार्षिकोत्सब मनाउने निर्णय गरेको थियो । यस अवसरमा हाम्रो गौरवशाली जनमुक्ति छापामार सेनाका बारेमा केही बोल्ने अवसर दिएकोमा म पिपुल्स मार्चलाई धन्यवाद दिन चाहन्छु ।

पिपुल्स मार्चः पियलजिएलाई कसरी परिभाषित गर्नुहुन्छ ?

देबजीः क्रान्ति हिंसात्मक हुनेछ भनेर हाम्रा महान् गुरु कार्ल मार्क्सले प्रस्ट पार्नुभयो । जनताले भोग्नु परेका मूलभूत समस्याहरूको जड सडेगलेको सामाजिक व्यवस्था हो र यसलाई ध्वस्त पारेर, साम्राज्यवादी शोषक वर्गहरू, दलाल नोकरसाही पुँजीपति वर्ग र सामन्ती जमिनदारहरूको सत्ताका ठाउँमा दीर्घकालीन जनयुद्धको माध्यमबाट सबै उत्पीडित वर्गहरू, सामाजिक तप्का र जातजातिहरूको नयाँ राज्यसत्ता, सही अर्थमा जनवादी सत्ता स्थापना गर्नुपर्छ भनेर हाम्रो पार्टीले निर्णय ग¥यो । पियलजिएको उदय नक्सलबारी किसान विद्रोह, काङ्शा, सोनारपुर, श्रीकाकुलम, वीरभूम, लखिमपुर–खिरीजस्ता सङ्घर्षका गौरवशाली विरासतबाट भयो ।

मार्क्सवाद-लेनिनवाद-माओवादको पथ प्रदर्शक सिद्धान्तमा आधारित सर्वहारा नेतृत्वअन्तर्गत हाम्रो पार्टीको पछिल्लो दुई दशकमा सङ्घर्षले सुदृढ र जुझारू स्वरूप लिएसँगै पियलजिएले जनसेनाको आकार ग्रहण गरेको हो । यो पार्टीसित रहेको क्रान्तिका तीन महत्वपूर्ण हतियारमध्येको एउटा हतियार हो । पियलजिए राजनीतिक सेना हो र यसले मजदुर, किसान, र अन्य उत्पीडित वर्गहरू, उत्पीडित सामाजिक तप्काहरू र मुलुकका उत्पीडित जातजातिहरूको हितमा काम गर्छ । यो जनमुक्ति सेनाका रूपमा विकसित हुनेछ । यसले छापामार युद्ध, चलायमान युद्ध र मोर्चाबद्ध युद्धमार्फतग्रामिण क्षेत्रमा मुक्त क्षेत्रहरूको स्थापना गर्छ र अन्ततः सहरलाई घेर्दै सिङ्गो मुलकमा जनसत्ताको स्थापना गर्छ । मुलुकको १७ वटा राज्यमा चलेको क्रान्तिकारी आन्दोलनमा १३ वटा राज्यमा छापामार सङ्गठनका विभिन्न तहहरू छन् । वर्गसङ्घर्ष र छापामार युद्ध तीब्र बनेको छ र राज्यसत्ताको प्रश्न व्यवहारमा नै देखापरेको छ, ती ठाउँमा पियलजिएका उच्च तहका संरचनाहरू छन् ।

पिपुल्स मार्चः भारतीय क्रान्तिमा पियलजिएको भूमिका के भूमिका छ ?

देबजीः भारतीय समाजको विशिष्ट चरित्रका आधारमा भारतीय क्रान्तिकारी आन्दोलनमा पियलजिएको भूमिकालाई हामी बुझ्न सक्छौँ । भन्ने गरिएको अथवा नक्कली भनौँ, स्वाधीनताको ७२ वर्षमा पनि हाम्रो मुलुकका विविध उत्पीडित वर्ग, सामाजिक तप्का र जातजातिहरूका आधारभूत समस्याहरूको हल गर्न सकेन । औद्योगिक मजदुरलगायत समग्र श्रमजीवी जनतामाथि तीव्र शोषण र क्रुर दमन यथावत छ । करोडौँ कामदारहरू सडकमा छन् । ग्रामीण जनसङ्ख्याको करिबकरिब आधी भाग भूमिहीन अवस्थामा छ । जग्गाजमिन भएका ८५ प्रतिशत गरिब र निम्नमध्यम वर्गीय किसानको हातमा प्रत्येक परिवारसित ५ एकड भूमि मात्र छ । साम्राज्यवादी भूमण्डलीकरणको वितेको साँढे तीन दशकमा मुलुकमा तीन लाखभन्दा बढी किसानले आत्महत्या गरेका छन् । गरिबी तीव्र गतिमा बढेको छ । बढ्दो बेरोजगारीका कारण मुलुकका विद्यार्थी र युवाहरू निरासाको स्थितिमा छन् । साम्राज्यवादीहरू र तिनका दलालहरूको पक्षमा रहेको मोदी सरकारको आक्रमक नीतिका कारण मुलुकका कुटिर, साना तथा मध्यम किसिमका उद्योगहरू एकदमै मारमा परेका छन् । समाजको उत्पीडित तप्कामा ब्राम्हणवादी हिन्दूत्ववादी फासिवादी नीतिहरूको आक्रमण दू्रततर रूपमा बढेको छ । महिलामाथिको हिंसामा दिनानुदिन वृद्धि भएको छ । दलित जनतामाथि अमानवीय र निर्लज्ज किसिमको आक्रमण भइरहेको छ । लाखौँ आदिवासी तथा किसानहरू फासिवादी राज्य सरकारद्वारा आफूले वर्षौँदेखि उपभोग गर्दै आउको जमिनबाट धपाइएका छन् । सबै उत्पीडित जातिहरू भारतीय विस्तारवादको फलामे जाँतोमुनि छन्, जो आफ्नो आत्मनिर्णयको अधिकारका लागि सङ्घर्षरत छन् ।

पिपुल्स मार्च: यी दुई दशकमा फासिवादी सत्ताद्वारा उसका राज्य र केन्द्रीय तहका भाडाका टट्टुद्वारा गरिएका प्रतिक्रान्तिकारी आक्रमण अभियानका शृङ्खला विरुद्धको प्रत्याक्रमणमा पियलजिए र जनताको अनुभवबारे केही बताइदिनुहुन्छ कि ।

देबजीः राज्यले अमेरिकी साम्रज्यवादी एलआइसी नीति पछ्याएर मुलुकको क्रान्तिकारी आन्दोलनलाई सिध्याउने प्रयास गरिरहेको छ । यसले क्रान्तिकारी आन्दोलन अर्थात् पार्टी, पियलजिए र जनतालाई क्रान्तिको फल प्राप्त गर्ने उद्देश्यबाट विमुख गराउन एकपछि एक गरेर जवाफी आक्रमण गरिरहेको छ । यसले डिआरजी, डिविएफ, डिएफजस्ता जिल्ला स्तरका प्रति–छापमामार फोर्स, ग्रेहाउन्डस्, र राज्य स्तरमा सि–६०, हक फोर्स, एसटिएफ, एसओजी, जागुर र जगुआर र थन्डरबोल्ट, सिआरपिफको कोबरा जस्ता फोर्सहरू गठन गरेको छ । यो बाहेक पारा–मिलिट्री फोर्सहरू सिआरपिएफ, बिएसएफ, आइटिविपी, यसयसबी, सिआइएसएफ र सेन्ट्रल रिजर्भ बटालियन मिलाएर ६ लाखभन्दा माथिको सङ्ख्या पुग्छ । यी शक्तिहरूको अतिरिक्त सन् २०२० देखि छद्म आवरणमा भारतीय सेनाको विशेष एकाइलाई तैनाथ गरेको छ ।

पियलजिए आम जनताको सहयोगमा यी सबै फोर्सका विरुद्ध साहसपूर्वक प्रत्याक्रमण गर्न सक्षम भएको छ । बितेका दुई दशकमा भारतमा जनयुद्धलाई अघि बढाउन ४,५२० जना कमरेडहरूले प्राणको आहुति दिए । यसले क्रान्तिकारी आन्दोलनका क्रममा विभिन्न राज्यहरूमा वर्ग दुस्मनले गठन गरेको मिलिसिया जनजागरण, सेन्द्रा, शान्ति समिति, हर्माद वाहिनी र सलवा जुडुमका विरुद्ध प्रतिआक्रमण अभियान चलायो । मुलुकमा चलिरहेको क्रान्तिकारी आन्दोलनलाई सखाप पार्न चलाइएका विभिन्न प्रतिक्रान्तिकारी आक्रमणहरू व्यर्थमा परिणत भए । भारतीय शासक वर्गले एकपल्ट फेरि सन् २००९ मा ‘अपरेसन ग्रिनहन्ट’ नाममा भारतव्यापी आक्रमणको थालनी ग¥यो । पार्टीको अगुवाइ, जनताको साथ र सक्रिय सहभागितामा दुस्मनका हरेक बर्बरतापूर्ण कामाकारवाहीका विरुद्ध पियलजिए जवाफी आक्रमण गर्न सफल भयो । जनता र पियलजिएको विरत्वपूर्ण प्रतिरोधले केन्द्र र राज्य सरकारहरू प्रतिक्रान्तिकारी ‘अपरेसन ग्रिनहन्ट’ मार्फत आफ्नो उद्देश्य हासिल गर्न एकपल्ट फेरि असफल भए । मुलुकका थुप्रै भागहरूमा छापामार युद्धको तीव्रतासँगै शासक वर्गले अर्को प्रति–क्रान्तिकारी आक्रमणको आवश्यकता देख्यो ।

विश्वव्यापी आर्थिक अंशका रूपमा साम्राज्यवादीहरू भारतजस्ता मुलुकका प्राकृतिक साधनस्रोतमाथि थप लुट मच्चाउने योजनामा लागे । दलाल शासकहरूले साम्राज्यवादी बहुराष्ट्रिय नियोगहरूसित सयौँ सम्झौताहरू गरे । भारतीय कम्युनिस्ट पार्टीको अगुवाइमा मुलुकका उत्पीडित जनता र यसको सशक्त हतियार पियलजिएको बढ्दो प्रतिरोधात्मक सङ्घर्ष शासक वर्गको बाटोमा अवरोध बन्नु स्वाभाविक थियो । क्रान्तिकारी आन्दोलनलाई समाप्त पार्न उनीहरूले सन् २०१७ मा बहुउद्देश्यीय “समाधान” नामको प्रतिक्रान्तिकारी आक्रमणको अभियान आरम्भ गरे । दुष्ट जनविरोधी समाजलाई ध्वंस गरेर वर्ग दुस्मनमाथि विजय प्राप्त गरी आफ्नो नयाँ राज्यसत्ता स्थापना नगरुन्जेलसम्म आफूहरूले लडिरहनु पर्ने छ भन्ने कुरा जनतालाई थाहा छ । जनता पार्टी र पियलजिएका साथमा छन् । यो नै जनताको वास्तविक शक्ति हो र यो नै पार्टी र पियलजिएको वास्तविक शक्ति हो ।

पिपुल्स मार्चः पियलजिएका सफलता र असफलतका सम्बन्धमा विस्तृत जानकारी दिनुहोस् न ।

देबजीः पियलजिएको सफलता पार्टीको राजनीतिक–सैन्य लाइनमा आधारित छ । हाम्रो लाइन दीर्घकालीन जनयुमार्फत परीक्षण भएको र इस्पातिलो बनेको लाइन हो । पार्टीको लाइनमा आधारित भएर पियलजिए जनआधारलाई अत्यधिक महत्व दिन्छ र दुस्मनको सफायका लागि युद्ध गर्नुका साथै क्रान्तिकारी शक्तिको रक्षा पनि गर्छ । क्रान्तिको केन्द्रीय कार्यभार राज्यसत्ता कब्जा गर्नु हो र यसका लागि शक्तिको आवश्यकता पर्छ । मुलुकको थुप्रै ग्रामिण इलाकाहरूमा हामीले स्थानीय सत्तालाई ध्वस्त पा¥यौँ, ती ठाउँमा पियलजिए दुस्मनको फोर्ससित दृढताका साथ लड्यो र जनसत्ताका अङ्गहरूको स्थापना ग¥यो । यो महत्वपूर्ण राजनीतिक सफलता हो । दीर्घकालीन जनयुद्धको सिद्धान्तलाई सिर्जनात्मक ढङ्ले लागु गर्दै पिएलजिएलाई जनमुक्ति सेनामा रूपान्तरित गर्न यसको विकासमा लागि परेका छौँ । हामीहरू हाम्रो आत्मगत स्थिति बलियो बनाउनका लागि राजनीतिक र सङ्गठनात्मक काममार्फत हाम्रा गतिविधिको विस्तार गर्न र छापामार युद्धको विस्तार र तीव्रताका साथै दुस्मनबाट हतियार कब्जा गर्न निरन्तर प्रयास गरिरहेका छौँ । यस प्रक्रियामा बितेका २० वर्षमा हामीले थुप्रै छापामार कारवाहीहरू ग¥यौँ, जसले चलायमान युद्धको चरित्रको क्षमतालाई दर्शाउँछ । हामीले डीके र बीजेमा मुक्रम र काजारा जस्ता एम्बुसहरू मार्फत दुस्मन सेनाहरूको तुलनात्मक रूपमा ठूलो सङ्ख्यालाई सफाय गर्यौं, जसमा दुस्मन सेनाको एउटा प्लाटुन नै सखाप भयो र मुकरममा हामीले सिआरपिएफको एउटा कम्पनीलाई नै ध्वस्त पा¥यौँ । प्रायः गरेर यस्ता सबै ठूला युद्धहरूमा हाम्रा जनताको फोर्सले सत्रु सेनाबाट ठूलो सङ्ख्यामा हतियारहरू कब्जा गरेर आफूलाई सशस्त्र बनाएको छ । चलायमान युद्धका केही विशेषताहरू यी ठूला छापामार युद्धहरूमा अगाडि आए ।

बितेका २० वर्षमा पियलजिएले राज्य र केन्द्र सरकारका सुरक्षा बलका ३,०५८ जनलाई सफाया गर्यो , ३, ६०४ जनालाई घाइते बनायो र ३, २४० हतियार र १५४,२४७ राउन्ड गोलीगट्ठा कब्जा ग¥यो । मार्च २०२० को मिनापा एम्बुस पियलजिएका लागि नयाँ र उच्च अनुभवको थियो, जसमा दुस्मन फोर्सले राज्य र केन्द्रीय फोर्सका रूपमा छद्म रूपमा भारतीय सेनाको एउटा टुकडीलाई पनि समावेश गरेको थियो । यो अर्को महत्वपूर्ण सफलता थियो ।

कुनै पनि युद्धमा हतियारको प्रश्न महत्वपूर्ण पक्ष हो र यसको विकास पियलजिएले गरिराखेको छ । कमरेड अरविन्द (कमरेड देव सिंह, पिबियम, जो सन् २०१८मा सहिद हुनुभयो) वहाँ यस मामिलामा उदाहरणीय हुनुहुन्थ्यो । वहाँले अन्य छापामार कमरेडका साथ उच्च तहको विष्फोटक हतियार निर्माण गर्नुभएको थियो । वहाँले यसको परीक्षण केमिकलका साथ बिहार-झारखण्डमा छापामार इलाकामा गर्नुभएको थियो र यो मूल्यवान अनुभवलाई अन्य क्षेत्रहरूमा पनि विस्तारित गरिएको थियो । ‘अपरेसन ग्रिनहन्ट’ को समयदेखि नै राज्यले सङ्घर्षका मुख्यक्षेत्रलाई घेराबन्दी गरिरहेको छ, पार्टी र पियलजिएका गतिविधि रोक्न आम नागरिकमाथि आक्रमण गरिरहेको छ तापनि हामीहरू स्थानीय तहबाट नै विभिन्न किसिमका आवश्यक हतियार र बमबारुद निर्माण गरेर छापामार युद्ध लडिरहेका छौँ । राज्यले निरन्तर र निकै जोडका साथ नाकाबन्दी गरेर हातहतियार र सामग्रीको तयारी र उत्पादनमा रोक लगाउन खोजे पनि उत्पीडित जनताको माध्यमबाट सामग्री प्राप्त गरेर युद्ध लड्न सक्षम भएका छौँ । जनयुद्धको यो अर्को उपलब्धि हो । यी नै जनता र पार्टी र पियलजिएका प्रमुख सफलता हुन् । यी सकारात्मक अनुभवका आधारमा दुस्मनका कुनै पनि किसिमका आक्रमणका विरुद्ध आगामी दिनमा प्रतिआक्रमण गर्न सक्छौँ भन्ने कुरामा हामी विश्वस्त छौँ । पियलजिएले छापामार युद्धका नियमहरूलाई सही किसिमले लागू गर्न लापरवाही गरेका ठाउँहरूमा असफलता पनि हात लागेका छन् । असफलता भनेको अनावश्यक क्षतिबाट आफ्नो शक्तिलाई जोगाउन नसक्नु हो । मुलुकका विभिन्न ठाउँमा भएका ठूलाठूला आक्रमणमा कतिपय ठाउँमा हामीले अत्यधिक सङ्ख्यामा कमरेडहरू गुमाएका छौँ । खास गरेर हामीले सन् २०११ मा ठूलो नोक्सानी व्यहोरेका थियौँ । क्षतिले नकारात्मक असर पार्छ । यसले नयाँ भर्नामा असर पार्छ, कतिपय कार्यकर्तामा निरासा जगाउँछ, कमजोरहरूले दुस्मनका सामु आत्मसमर्पण गर्छन् र कतिपय त गद्दारमा पनि परिणत हुन्छन् । हामीहरू वस्तुस्थिति र समयको समीक्षा गर्दै व्यवहारमा तिनलाई सच्याउँछौँ । अवश्य पनि हामी हाम्रा कमीकमजोरी र गल्तीमाथि विजय प्राप्त गर्नेछौँ । तर हामी असफलताबाट विचलित भएका छैनौँ । जनयुद्ध अपराजेय छ र जन सेना अपराजेय छ ।

पिपुल्स मार्चः पियलजिए कसरी जनतासित एकाकार भएर काम गर्छ ?

देबजीः पियलजिएको मूल धेय भनेको जनताको सेवा गर्नु र जनसत्ताको स्थापना गर्न दुस्मनका विरुद्ध लड्नु हो । जनसेनाले निरन्तर रूपमा तीनवटा वर्ग— साम्राज्यवाद, दलाल नोकरसाही पुँजीपति र सामन्त वर्ग आम जनताका मुख्य दुस्मनहरू हुन् भनेर जनताबीच भन्दै आएको छ र जनतालाई क्रान्तिकारी राजनीतिप्रति जाग्रत गराउन, उनीहरूलाई वर्गसङ्घर्षमा लामबद्ध गराउन र शोषणबाट मुक्त गराएर सही अर्थको जनवादी समाज निर्माण गर्न उनीहरूलाई सङ्गठित पनि गर्दछ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले अन्तर्राष्ट्रिय सर्वहाराका महान् शिक्षक कमरेड माओले प्रतिपादन गरेको दीर्घकालीन जनयुद्धको सिद्धान्त, नियम र जिम्मेवारीलाई हाम्रो देशको ठोस परिस्थितिमा सिर्जनात्मक ढङ्गले लागू गरेको छ । यसले जनता र जनताको संस्कृतिको सम्मान मात्र गर्दैन, बरू जनताका सांस्कृतिक गतिविधिमा सक्रियाताका साथ सहभागी हुन्छ । यसले दृढताका साथ वर्गदिशा र जनदिशाको पालना गर्छ । यसले विभिन्न किसिमले जनताको सेवा गर्छ । यसले स्वास्थ्य सेवा प्रदान गर्छ । यो जनताका कृषि उत्पादनका कार्यमा सहभागी हुन्छ । जङ्गली पैदावर जम्मा गर्न हात बटाउँछ । यसले जनताबाट अथाह माया र स्नेह प्राप्त गरेको छ । जनयुद्धलाई मजबुत बनाउन र अग्र गति दिन आफ्ना हुर्केका छोराछोरीलाई पियलजिएमा सामेल गराउनु आम जनता आफ्नो जिम्मेवारी ठान्दछन् । जनता पियलजिएसित घनिष्ठ रूपमा गाँसिएका छन् र उनीहरू पियलजिएका गल्तीहरूको आलोचना गर्नपनि हिचकिचाउँदैनन् । यसरी पियलजिए इस्पातिलो बन्दै गएको छ र कदमकदममा सच्चा र मजबुत जन सेना बनेर अघि बढेको छ । यस क्रममा यसले पार्टी र संयुक्त मोर्चालाई मजबुत बनाएको छ ।

पिपुल्स मार्च: महिला जनमुक्ति छापामार सेनाका विरत्वपूर्ण कार्यका समाचारहरू आउँछन्, यस किसिमको उपलब्धी कसरी तपाईँहरूले हासिल गर्न सक्नुभयो ?

देवजीः महिलाहरू हाम्रो समाजका सबैभन्दा उत्पीडित तप्का हुन् । उनीहरू समाजका आधा हिस्सा हुन् । उनीहरूसित प्रशस्त शक्ति विद्यमान छ । हाम्रो पार्टी र पियलजिएले गरेका चेतनामूलक कार्यक्रमहरू र दुस्मनका विरुद्ध नेतृत्व गरेको वर्गसङ्घर्षले समाजमा पितृसत्तात्मक प्रवृत्तिका साथै थुप्रै कुरामा परिवर्तन ल्याएको छ । हाम्रो पार्टीले पितृसत्तात्मक मान्यतालाई कार्यकर्ताबाट मुक्त गराउन तीनवटा मोर्चा पार्टी, पियलजिए र संयुक्त मोर्चामा महिला कार्यकर्तामा निहित शक्ति र सिर्जनात्मकताको अभिवृद्धि र अन्वेषणका लागि निरन्तर प्रयास गर्दै आएको छ । यथार्थ के हो भने समग्र पियलजिएमा देश्व्यापी रूपमा आधी प्रतिशत महिला कमरेडहरूको सङ्ख्या छ र यसले उनीहरूको उत्साहको स्थितिलाई दर्शाउँछ । उनीहरूलाई हरेक मोर्चाको हरेक तहमा नेतृत्वदायी भूमिकामा विकसित गर्नु हाम्रो जिम्मेवारी हो ।
पिपुल्स मार्चः सैन्य कारवाहीका सम्बन्धमा पियलजिएको नीति के हो ?

देबजी: पार्टीले सैन्य कारवाहीमा वर्गदिशा–जनदिशामा आधारित नीतिअँगालेको हुन्छ । पियलजिएले यसको पालना गर्छ । शोषक सत्ताधारी वर्गको सशस्त्र बल प्राय गरेर उत्पीडित जनता भएका ठाउँमा तैनाथ गरिएको हुन्छ । त्यसकारण पार्टी र पियलजिएले त्यसरी तैनाथ गरिएका सशस्त्र बललाई जनतालाई होइन, जनतामारा आफ्ना मालिकलाई निसाना बनाउन अपिल गर्ने गर्छ । साथै उनीहरूलाई त्यो ठाउँबाट हट्न पनि भन्छ । पियलजिएले आत्मसमर्पण गरेका सत्रु पक्षका सदस्यहरूको सफाय गर्दैन । यसले घाइतहरूको उपचार गर्छ । तर शोषक वर्गको सशस्त्र फौजले जनतामाथि पाशविक आक्रमण गरेको बेलाचाहिँ पियलजिएले निर्मम किसिमले प्रस्तुत हुन्छ । यसले वर्ग दुस्मन र प्रहरीका खुँखार सूचकहरूको पनि सफाय गर्छ । साथै सैन्य नीतिको पालना नगर्नेलाई पार्टी कमिटीले अनुशासनको कारबाही पनि गर्ने गर्छ ।

पिपुल्स मार्च: के अन्य मुलुकका माओवादी पार्टीका जनसेनासित पनि पियलजिएको सम्बन्ध छ ?

देबजी: हाम्रो पार्टी र पियलजिएले सर्वहारा अन्तर्राष्ट्रियतावादलाई आत्मसात गर्दछन् । वैचारिक दृष्टिले हाम्रो पार्टीको विचारसित मिल्ने अन्य कम्युनिस्ट पार्टीहरूका जनसेनासित हाम्रो वैचारिक सम्बन्ध छ । पियलजिएले केही वर्षअघि नेपालका जनमुक्ति सेनाका सदस्यहरूलाई तालिम दिएको थियो । हाम्रो पार्टी भारतको उत्तरपूर्वका सशस्त्र सङ्गठनहरूको सङ्घर्षलाई समर्थन गर्छ । हामी फिलिपिन्स, टर्की, कुर्दिस्तान र यस्तै अन्य सशस्त्र सङ्घर्षहरूका अनुभवहरूको अध्ययन गरिरहेका छौँ । पियलजिए वैचारिक दृष्टिले फिलिपिन्सको नयाँ जनसेना (एनपिए) र टिकेपी (यमयल) को छापामार सेना टिक्कोका साथमा छ ।

पिपुल्स मार्च: पार्टी, पियलजिए र जनताका लागि केही सन्देश छ कि ?

देबजी: सिङ्गो पार्टी र पियलजिएले दीर्घकालीन जनयुद्धको सिद्धान्त र यसका नियमहरू र बोल्सेविक क्रान्ति, चीनको दीर्घकालीन जनयुद्ध, भियतनाम र अहिले दीर्घकालीन जनयुद्ध चलिरहेका मुलुकहरूको अनुभवको अध्ययन गर्नु जरुरी छ, जसबाट जनयुद्ध सञ्चालका लागि, शिक्षा लिन सकियोस्, केही जान्न सकियोस् र क्षमताको वृद्धि गर्न र अघि बढ्न सघाउ पुगोस् । पार्टी कमिटीहरू र सैन्य कमान्डहरूले दीर्घकालीन जनयुद्धका माओवादी सिद्धान्तका नियमहरूको सिर्जनात्मक किसिमले ठोस क्रान्तिकारी व्यवहारमा लागु गर्ने कुरालाई एकदमै महत्व दिनु पर्छ । उनीहरूले हाम्रो ५० बर्से क्रान्तिकारी आन्दोलनको बहुमूल्य अनुभवहरूको पनि अध्ययन गर्नुपर्छ, खास गरेर पियलजिए गठनपछिका २० वर्षका छापामार युद्धका अनुभवहरू, मूल राजनीतिक कार्यहरू, जनकार्य, र सैन्यकार्यका अनुभवहरूको अध्ययन गरेर शक्ति आर्जन गरेर बदलिँदो परिस्थितिमा दीर्घकालीन जनयुद्धलाई मुलुकको कुनाकुनामा विस्तार गर्नका लागि यी सबै अनुभवको अध्ययन गर्नु पर्छ । यसरी मात्रै हामी तत्कालका बाधाव्यवधान पार गर्न सक्छौँ र महान् सफलता प्राप्तिको दिशामा अघि बढ्न सक्छौँ । उत्पीडित वर्ग, उत्पीडित सामाजिक तप्का र जातजातिहरूले हाम्रो पार्टीको उद्देश्य र राजनीतिक लाइन थाहा पाउनै पर्ने हुन्छ, एउटा शक्तिशाली शक्ति बन्नका लागि उनीहरू सही जनवादी संयुक्त मोर्चामा एकताबद्ध हुनै पर्छ । यही नै देशका १३ अरब विशाल जनताको मुक्तिको उपाय हो ।

अनु: ऋषिराज बराल

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार