जनयुद्ध

निरंकुसताका पहरेदारहरु
लोकतन्त्रका हिमायतीहरु
जनताका सेवकहरु
शासकमा बदलिए ।
जनतालाई
पञ्चायती कुशासन्,
निरंकुसताका भयंकर बज्रहरु,
कष्टपुर्ण छलकपट र अन्याएपुर्ण असमानताद्वारा
विभेदपुर्ण रणसंग्राममा धकेलीयो,
अनि २०५२ मा मेरो आगमन भयो ।
मेरो आगमनमा
आकाशको कालो बादल खुलेर,
शारा घर्ति जगमग भयो ।
अन्धकारका चिच्याहट् र कोलाहालहरु
रोधी अनि रत्यौली र दोहोरीमा बदलिए,
जव मैले
जनताको परिस्थिती बुझेँ,
वर्गिय वीभेद देखेँ
जातीय वीभेद देखेँ
लैङ्गीक असमानता देखेँ
भौगोलीक विखण्डन देखेँ
म चुप लागेर बस्नसकीन

अनी म भित्र
विद्रोहको भाव जाग्यो,
न्याए र समानताको सदभाव पैदाभयो ।
सचेतनाका आवाजहरु बुलन्द पार्दै विरताका बखानहरु सुनाउँदै,
साहारा बिहीनको साहारा, आवाज बिहीनको आवाज बन्दै
एक कुसल योद्धा बनेर दुशमन्कै मैदानमा ठीङ्ग उभिदै
धारीलो विचारको हतीयार लिएर,
लल्कार्दै दुश्मनलाई भनेँ,

म संग
हजारौँ चे ग्वेभाराहरु छन जो दुस्मनसंग कहिलै हार्न सक्दैनन् ।
हजारौँ फिडेल क्यास्त्रोहरु छन जो सत्रुसंग कहीलै झुक्न सक्दैनन् ।
हजारौँ गोन्जालोहरु छन जो दुस्मनसंग कहीलै आत्मसमर्पन गर्दैनन् ।
हजारौँ परीवर्तनकारीहरु छन्,
जो संग
समाज रुपान्तरनको अभिलासा छ,
न्याए र समानताको भाव छ,
देश र जनताको माया छ,
वर्गिय मुक्तिको सपना छ ।
देशलाई स्वाधिन बनाउने,
जनतालाई धनी बनाउने,
समाजलाई रुपान्तरण गर्ने,
अठोट र अभिलासा छ ।

अनि
धेरैले
माया दिएर,
समर्थन दिएर,
आफ्नो रगत दिए,
सिउँदोको सीन्दुर दिएर,
आमा, बुवाले छोराछोरी दिएर,
छोरा, छोरीले आमाबुवा दिएर,
श्रमीकले श्रम दिएर,
बुद्धीजिवीले बिवेक दिएर,
किषानले अन्न दिएर,
मेरो रनकौसलको पर्दसन भयो ।

यौटा नयाँ
यूगिन इतिहास रचियो,
मुर्छित् प्रकृती
जुर्मुरायो,
पुर्वको क्षितीज रक्ताम्मे भएर,
धर्तिमा पोखीयो,
नीरंकुसता ढल्यो,
तानासाहीले जनतासामु
आत्मसमर्पन ग¥यो,
जनआवाजहरु स्वतस्फुर्त गुन्जिन थाले,
कलमहरुले स्वतन्त्र लेख्नथाले,
कोईलीहरु बास्न थाले,
असमानताको ठुलो खाडल्लाई पुर्दै,
१० वर्षको धुलो मैलोलाई टक्टक्याउदै,
बारुद, गोली र छर्र्राहरुको प्रभावमा लर्खराएका खुट्टाहरु तंग्रीन थाले,
आसाको दीयो बलेर जनमनमा उज्यालो छाउँन थाले,

आसा थियो
सहीदको सम्मान हुनेछ,
बलीदानको कदर हुनेछ,
रगतको मुल्य हुनेछ,
सीन्दुर पुछीएपनि सान्त्वना मील्नेछ,
टुहुराहरुले अविभावक पाउनेछन,
घाईतेहरुको उपचार हुनेछ,
भत्कीएका पाटीपौवा पुणःनिमार्न हुनेछन,
देश स्वाधिन र जनता अधिकार सम्पन्न हुनेछन ।

तर
कोही आत्मसमर्पन गरे,
कोही पश्चगमनमा फर्किए,
धेरै त दलाल र भ्रष्टचारी भए,
जन अदालत, जनमुक्ति सेना
जन सत्ता, हतीयार
जनताका अधिकारहरु,
सहिदको रगत र सपनाहरु,
न्याय र समानता,
मुक्ति र स्वतन्त्रता,
पार्टि र आन्दोलन,
निती, विचार र सिद्धान्त,
केवल सम्झौतामा बेचियो ।

आज
म टुहुरो भएँ,
न मसंग बिचार छ,
न निती, सिद्धान्त छ,
न जनमुक्तिसेना छ,
न हतीयार छ,
न जनअदालत,
न जनसरकार,
न मुक्तिको सपना,
न हीजो झैँ जनताको माया र विस्वास छ,
छ त केवल
तिरस्कार र घृणा छ,
अबिस्वास र अपहेलना छ,
पाप र भेद छ,
बैदेशिक शक्तिहरुको संगीन
आफन्तैको दलाली,
पश्चगमनको हुन्डरी,
क्रान्त्किारीहरुको अभावमा
हरेक छेन म छट्पटाई रहेँ,
हरैक छेन म बैचैन भएँ,
म लज्जित भएँ,
म स्खलीत भएँ
म बहिरो भएँ,
म लङ्गडो भएँ,
म साहारा बिहीन भएँ,

कृपया
मेरो नग्न बदनलाई छोपीदेउ,
मेरो लज्जित अनुहारलनई ढाकिदेउ,
मेरो थकित शरीर र मुर्छित सपनाहरुलाई,
आरामको खाँचो छ,
मेरो सुकुल अनि बिछ्यौना,
खोई कहा छ
मेरो प्राणको सारथि,
मुक्तिको अंकीत,
हसीया हतौडा अंकित रातो झण्डा,
गद्दारहरुले बिर्सीएको,
धोकेवाजहरुले लतारेको,
क्रान्तिको सम्वाहक,
रातो झण्डा,
आउँ उठाउ त्यो रातो झण्डा,
बर्गिय मुक्तिका लागी,
आउ लहराउ त्यो रातो झण्डा,
समानताका लागी,
क्रान्तिका लागी,
म तिम्रै साथमा हुनेछु,
म जनताकै साथमा हुनेछु,
म परीवर्तनकै साथमा हुनेछु ।
किनकी
म अमर छु
म इमानदारी छु,
म क्रान्तिकारी योद्धा हुँ,
मेरो नाम जनयुद्ध हो ।

धन्यवाद

रचनकार
डि वि चन्द
अध्यक्ष
अखिल (क्रान्तिकारी) CTEVT उपत्यका जिल्ला समिती

प्रकाशित मिति : २०७८ जेष्ठ ६ गते बिहिवार