ट्रेन्डीङ्ग

प्रथम हडाहियामाई गाउँस्तरिय भलिबल प्रतियोगिता शुरु

वैशाख ५ परासी ।पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्ष्यता ,रामग्राम नगरपालिकाको नगर उपप्रमुख रम्भा कुवँरको प्रमुख आथित्यतामा,रामग्राम नगरपालिका वडा न: १४ का अध्यक्ष पारसनाथ चौधरीको विशिष्ट आतिथित्वा तथा कार्यपालिका सदस्य चन्द्रकुमारी न्यौपाने,सामाजसेबि प्रकाश यादव,रमेश पासी,सामाजसेबि भिमदेव भट्टराई, गंगानाथ कवँर नाथ थारुको उपस्थिति रहेको थियोे ।कार्यक्रम संचालन के.बि.कवँरले गर्नुभएको थियो ।

रामग्राम वडा नम्बर १४ प्रसवाल स्थित हडाहिया माई मन्दिरको खेल मैदानमा गाउँ स्तरीय प्रतियोगिता चैते दसैंको उपलक्ष्यमा गरिएको यो प्रतियोगितालाई निरन्तरता दिने समितिका अध्यक्ष चौधरीले बताउनुभयो ।

आज बैशाख ५ गते देखि ८ गते सम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कर २० हजार रुपैयाँ नगद , दृतिय १० हजार नगद र तृतीय पुरस्कार ५ हजार रहेको छ । उत्कृष्ट खेलाडीले मेडल तथा प्रामण पत्र प्राप्त गर्ने छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?