ट्रेन्डीङ्ग

कालीगण्डकी ५ का ६६ कृषकहरुलाई विरुवा वितरण सम्पन्न

सुमन ढकाल,स्याडंजा।
कालीगण्डकी गाँउपालिका ५ नं वार्डमा कृषकलाई विरुवा वितरण गरिएको छ।१९ गतेका दिन कालीगण्डकी गाउपालिका ५ न. वडा कार्यालय स्याङ्जा कृषि शाखाको आर्थिक बर्ष २०७७/७८ को कृषि तर्फको स्वीकृत कार्यक्रम तर्फ कालीगण्डकी ताजा तरकारी उत्पाद्न कार्यक्रम अन्तर्गत ५ न.वार्ड मा अध्यक्ष लोकेदार थापाको अध्यक्षतामा कृषक लाई विरुवा उपलब्ध गराईएको कृषि अधिकृत मनिस श्रेष्ठले जानकारी गराउनुभयो।६६ जना कृषकलाई वितरण गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो।
विवरण सहित:
काक्रो : ७,
घिरौला : ३,
करेला : ४,
लौका १ गोटा ।
गरि वितरण गरी सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?