पोखरा ।नेपाली कांग्रेस निकट नेपाल तरुण दल कास्की क्षेत्र न.३को आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा तरुण युवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल तरुण दल ३ नं क्षेत्रीय समिति अध्यक्ष बिकास गुरुङको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेको प्रमुख आतिथ्यमा र नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिध्वान गुरुङको विशेष अतिथिमा भएको कार्यक्रममा तरुण दलका कास्कीका जिल्ला सदस्य पबित्रा थापाले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य भिस्मराज आङ्देम्बेले अहिले नै कांग्रेसको नेतृत्वमा सरकार बन्ने संभावना नरहेको बताउँदै नेकपा माओवादी (केन्द्र) र जनता समाजवादी पार्टीले पूर्णरुपमा समर्थन नगरेसम्म कांग्रेसले सरकार नबनाउने स्पष्ट पारे । उनले कम्युनिष्ट पार्टीहरुप्रति जनताको विश्वास गुमिसकेकाले कांग्रेसले दुईतिहाइ मत ल्याउने गरी निर्वाचनको तयारीमा लाग्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह गर्नु भयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिध्वान गुरुङले नयाँ बर्षले नेपाल सहित संसारमा फैलिएको कोरानाबाट छिटो भन्दा छिटो मुक्ति पाउने विश्वास गर्दै हामीहरुले नयाँ बर्ष मनाउदा स्वास्थ्यलाई ख्याल गरि मनाउन आग्रह गर्नु भयो । साथै चुनावमा नेपाली कांग्रेसले खेप्नु परेको हारलाई कांग्रेस नेता कार्यकर्ताले सामान्य हारका रुपमा नलिएको बताउदै अब तरुण दलले आम नागरिकलाई सचेत पार्नु पर्ने बताउनु भयो । त्यसलाई प्रतिकुल चुनावी परिणामले आम कांग्रेस समर्थक तथा सुभेच्छुकहरुमा समेत चरम निराशा उत्पन्न गरेको छ । उनीहरुको आत्मसम्मानमा गम्भिर ठेस पुगेको छ । आफ्नो विचार, मूल्य र मान्यतालाई आम नागरिक र राष्ट्रिय राजनीतिले स्विकार गर्दा गर्दै जसरी चुनावी हारको सामना गर्नु परेको थियो त्यसले कांग्रेसी तथा कांग्रेसजनमा एउटा विश्वासको संकटको स्थिति सिर्जना भएको बताउदै यसबारेमा अब नेपाल तरुण दलले जनता माझ गएर अभियान नै चलाउनु पर्ने धारणा राख्नु भयो ।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार