ट्रेन्डीङ्ग

वालिङमा बजार अनुगमन

तोलाकान्त बगाले
वालिङ, ८ चैत ।

वालिङ नगरपालिकाले आज बजार अनुगमन गरेको छ । अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन, शुद्धतामा ध्यान दिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि वालिङका दुग्धजन्य डेरी, तरकारी तथा फलफूल पसलहरुको अनुगमन गरिएको हो ।
उपभोक्ता हित संरक्षण समितिका संयोजक एवं वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बजारलाई सुब्यवस्थित बनाउनुकासाथै उपभोक्ताहरुलाई गुणस्तरीय बस्तु उपलब्ध गराउनका लागि नगरपालिकाले नियमित बजार अनुगमन गर्ने कार्य अन्तर्गत अनुगमन गरिएको बताउनुभयो ।

वालिङ नगर कार्यपालिकाले उपभोक्ता हित ऐन निर्माण गरी वार्षिक कार्यतालिका बमोजिम अनुगमन कार्य गरिएको उहाँले बताउनुभयो ।

गर्मी मौसम शुरु भएसँगै अनेक खालका रोगहरु लाग्न सक्ने भएकाले अखाद्य बस्तुहरुको बिक्री वितरण रोक्दै स्वच्छ र सफा खानेकुराको प्रयोग गर्न गराउन, मूल्य सूचि राख्न तथा नगरपालिकामा पसल दर्ता गर्नका लागि ब्यवसायीहरुलाई सचेत गराईएको संयोजक तिवारीले बताउनुभयो ।

ईलाका प्रशासन कार्यालय वालिङ, वडा प्रहरी कार्यालय वालिङ, उपभोक्ता हित संरक्षण मञ्च, नगरस्तरीय उपभोक्ता हित संरक्षण समिति, पत्रकार लगायतको उपस्थितिमा अनुगमन गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?