ट्रेन्डीङ्ग

सन्धिखर्कमा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न

अनिल नेपाली अर्घाखाँची ७ चैत । सन्धिखर्क नगरपालिका वडा नम्वर १० मा वडा स्तरीय भलिवल प्रतियोगीता सम्पन्न भएको छ ।

वडा भित्र रहेका ६ टिमले सहभागिता रहेको भलिबल प्रतियोगीतामा तिलक आचार्यको समुह प्रथम, नेत्र वहादुर थापाको समुह घितीय र युवराज थापको समुह तृतीय भएका छन् ।
भलिवल खेलको आज एक कार्यक्रमका विच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्धाटन गर्नु भएको छ । भलिवल खेलको उद्धाटन गर्दै खेलले देशलाइ चिनाउने भएकाले यसको विकासमा नगरपालिका लागि रहेको बताउनु भयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विक, वडा अध्यक्ष लक्ष्मी नारायण चुँदाली सदस् ऋषिकेष भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम विनोद थापाको अध्यक्षता, वडा सचिव धर्मराज भुसालको सञ्चालन र निर्मला आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal