ट्रेन्डीङ्ग

सरावलमा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण

उर्मिला यादव यात्री फाल्गुन १८ परासी ।

पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ६ मा महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम तथा सेनेटरी प्याड वितरण आज मंगलबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

समृद्धि सामाजिक बिकास संस्था पश्चिम नवलपरासीको आयोजना तथा सरावल गाउपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा एक सय जना किशोरीहरुलाइ महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको हो । संस्थाका अध्यक्ष महेश यादवको अध्यक्षता तथा वडा अध्यक्ष कैलाश यादवको प्रमुख आथित्यतामा सरावल गाउँपालिका वडा नम्बर ६ मा रहेको महेन्द्र जनता माध्यमिक बिद्यालय गडौरी र जनता माध्यमिक बिद्यालय भुजहवामामा अध्ययनरत , किशोरीहरुलाई महिनावारी सम्बन्धि जनचेतनामूलक तालिम र सेनेटरी प्याड वितरण गरीएको संस्थाका अध्यक्ष यादवले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादवले महिनावारी भएको बेलामा किशोरीहरुलाई धेरै नै समस्या खेप्नु पर्ने भएको हुनाले उपयुक्त प्याडको आवश्कता समेत भएको बताउनु भएको छ । सो अवसरमा बाल्दै अध्यक्ष महेश यादवले किशोरीहरुलाई सरसफाइमा बिशेष ध्यान दिई पढाइलाई निरन्तर्ता दिदै महिनावारी आएको बेलामा धैर्य पुर्बक आफनो स्वास्थ्यको हेरचाह गर्नुपर्ने र प्याडको प्रयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

कार्यक्रममा सरावल गाउपालिका वडा नं. ६ का वडा सदस्य बिन्दा देबि धोबि , अनन्ता देबि चौधरि , महेन्द्र जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक हरिपाल यादव , लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा महेन्द्र जनता माध्यमिक बिद्यालयका ५० जना किशोरीहरु र जनता माध्यमिक बिद्यालय भुजहवाका ५० जना किशोरीहरुलाई तालिम प्रदान र प्याड उपलब्ध गराईएको हो ।

सरावल गाउपालिका वडा नम्बर ५ को स्वास्थ चौकि अनमी सपना सुनारले कार्यक्रामको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव संजय जयसवालले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?