ट्रेन्डीङ्ग

प्रहरीले कपिलवस्तुको विभिन्न स्थानबाट अटो रिक्सा सहित विभिन्न बस्तु बरामद

सुरेश कुमार पांन्डेय

२२ फागुन, कपिलवस्तु । कपिलवस्तमा भारत बाट नेपाल तर्फ अबैध रूपमा आएको बोईलर , कुखुराको काटेको मासु र अटो रिक्सा सहित विभिन्न सामाग्री प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपाल तर्फ अबैध रुपमा लु १ ह ३५१२ न.को अटो रिक्सामा बोईलर कुखुराको काटेको मासु र अटो रिक्सा छाडी चालक फरार भएको थिए उक्त अटोमा प्रहरीले दिएको जानकारी अनुसार मासु अन्दाजी डेढ कुन्टल करीब ५४,०००।–(चौवन्न हजार) मुल्य बराबरको थियो।

गोपालपुर स्थित प्रहरी चौकी प्रहरी निरीक्षक जगन्नाथ मरासिनिको कमाण्डमा खटिएका ५ जनाको गस्ती टोलीलाई देखी अटो चालक भागेका बताए ।

प्रहरीले बरामद गरेको कुखुराको मासु खाल्टोमा पुरी नष्ट गरेको छ भने अटो रिक्सा सुठौली भंसार कार्यालय कपिलवस्तु पठाउने पहल गरिरहेको जनाएको छ ।

त्यस्तै शुद्धोधन गाउपालिका वडा नं.-५ फुलुवापुर स्थित भारत बाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि बोकेर ल्याउदै गरेको ४० किलो अन्दाजी मुल्य रु.२०,०००।(बिस हजार) बराबरको मांगुर जातको भुरा माछा प्र.ना.नि.रमेश गुरुङको कमाण्डमा खटिईएका टोलीले बरामद गरेको छ ।

उक्त टोलीलाई देख्न साथ उक्त व्याक्तीले समान छाडी फरार भएको थियो । प्रहरीले माछा नियन्त्रणमा लिई खाल्डोमा पुरी नष्ट गरिएको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?