ट्रेन्डीङ्ग

अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा पुनः बन्धु चन्द निर्वाचित

नवलपरासी । विप्लव नेतृत्व नेकपा निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीको अध्यक्षमा बन्धु चन्द सहित ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।चन्द यस भन्दा अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिइन् ।
संघको कपिलवस्तुमा भएको ७ औं राष्टिय सम्मेलनले चन्दको नेतृत्वमा ३७ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा धिरेन्द्रा उपाध्याय र महासचिब राजकुमारी शाही,सचिव उषा घर्ती र कोषाध्यक्षमा कमला लिम्बूलाई चयन गरेको छ।

नेकपा महासचिव विप्लव प्रमुख आथित्यामा भएको सम्मेलनले महिला कार्ययोजना सम्बन्धि विभिन्न कार्ययोजना निर्माण गरेको छ ।

अखिल नेपाल महिला संघ क्रान्तिकारीको सातौं राष्ट्रिय सम्मेलनले निर्वाचित गरेको कार्यसमितिलाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य आस्था , जनजागरण मञ्चका देवकला , पार्टीका पूर्व केन्द्रीय सदस्य सन्तोषी विक , सामना जनसांस्कृतिक परिवारका सरल लगायतले बधाई मन्तव्य दिनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal