सुमन ढकाल,काठमाण्डौ।चर्चित लोक गायक तथा सर्जक बैकुण्ठ महतको कर्तब्य र अधिकार बोलको गित बैकुण्ठ महतकै युटुव च्यानलबाट बजारमा आएको छ। बैकुण्ठ महतको लय तथा शब्द सृजनामा बैकुण्ठ महत पुर्णकला बिसिको आवाज रहेको छ।गित निकै राम्रो बन्न सफल भएको छ। उत्कृष्ठ शब्द चयन संगै भाकामा मिठासपन देखिएको छ। दर्शक स्रोताले छोटो समयमै रुचाईएको देख्न सकिन्छ। गितमा पछिल्लो समय देखिएका देशका कर्तब्य र अधिकारलाई समेटी बनाईएको महत बताउछन्। बैकुण्ठ महत,कमल जिसि,रबिन्द्र थापा, हरि टन्डन,रामजी नेपालीको अभिनय रहेको भिडियोलाइ राजेश घिमिरेले छायांकन बिष्णु शर्माले सम्पादन/रडं गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन्।
भिडियो हेर्नुस्:

    https://youtu.be/F_JnjYJCTnE
प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार