भञ्ज्याङ् , खन्याघारी
चौतारी अनि खेत टारि
मुसालधारे कतै सिम सिम बर्षा
लाग्छ हुस्सुले बोलाइ रहेछ
फाट रोप्ने चटारो
आहा ती मेला प्रम
आहा ती प्यारा बस्ती
अर्नि डिलैको छिउ
शुस्केरा आलिको आड
आहा ती सुन्दर फाट ।

थकान भरिपुर्ण भारी शरीर
लटरम्म हास्दै फलेका ती केरेली झाल
ओखती स्वरुप लैनो गाइको अमृत शरी दूध
झम्के साझा झाम्रे ती भाका
टपक्क टिपि ल्याएको खुसी
अथाह बुलन्द ती हासो
नाचु नाचु झै लाग्ने मादलु ताल
स्मरण भरी प्रचुर अनब्रत बिम्ब
आहा ति प्यारा बस्ती
मन्द मन्द लुकामारी खेल्दै हुस्सु
शितले चुर्लुमै छोपेको काल्ना
हस्याङ फस्याङ उक्लेका धुडा
आहा ती जुन किरि
आहा ती प्यारा बिस्ती ।

मध्य रात बार्दलिको साथ
टुसाएको अनब्रत डरको खेती
आहा ती मिठा निन्द्रा
शिरेठो संगैको एक चुस्की
माइला , साइला , माइलि साइली
कम्मर भरी भुटेका हाडे ठेले
आहा ती संगी
खर्यानको छुट्टै सुगन्ध
ठाडो भाका शुसेल्दै ओठ
छ्ड्के आएका सुर्यका किरण
अङ्ग अङ्ग खल्बलाइदिने उर्जा
कसिलो , दरिलो भारी
ओरालो लाउदा देखिन्छ
साच्चिकै स्वर्ग त्यति बेला भेटिन्छ
सोस्साइरहेको झै लाग्ने
आहा ती प्यारा बस्ती ।

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार