ट्रेन्डीङ्ग

राजदूत लोकदर्शनलाई वालिङमा सम्मान

तोलाकान्त बगाले वालिङ, ५ फागुन ।
बेलायतका लागि नेपालका राजदुत लोकदर्शन रेग्मीलाई बुधबार वालिङ नगरपालिकाले स्वागत तथा सम्मान गरेको छ । वालिङ नगरपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख दिलीपप्रताप खाँणले नगरपालिकाको तर्फ बाट सम्मान गर्नुभएको हो ।

स्वागत तथा सम्मान कार्यक्रमा बोल्नुहुँदै राजदूत रेग्मीले दुनियाँकै समृद्धशाली मुलुकको सूचिमा रहेको बेलायत र नेपालबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै नेपाल र बेलायतबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उहाँले वालिङ नगरपालिका र बेलायतका कुनै नगरबीच एकापसमा भगिनी सम्बन्ध कायम गरी नयाँ नयाँ सीप, शिक्षा तथा संस्कृतिका क्षेत्रमा भएका असल अभ्यासहरुको आदान प्रदान गर्नका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

उहाँले आँफू पनि वालिङ नगरपालिकाको बासिन्दा भएकाले यहाँको विकासका लागि आँफू सकारात्मक रहेको बताउँदै आनो क्षेत्रबाट सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राजदूत रेग्मीले वालिङको विकासका लागि गर्नुभएको सहयोगको प्रशंसा गर्नुहुँदै वालिङ नगर प्रमुख खाँणले आगामी दिनमा पनि आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
कार्यक्रममा पूर्व मेयर लालचन्द्र गैह्रेले देश विदेशमा सफलता मिलोस भन्दै रेग्मीको कार्यप्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal