ट्रेन्डीङ्ग

युवाको सामूहिक लगानीमा वालिङ फुटसल सञ्चालन

तोलाकान्त बगाले
वालिङ, २३ माघ ।
वालिङका चार जना युवाहरुको लगानीमा फुटसल सञ्चालनमा आएको छ । वालिङ १० का स्थानीय युवाहरुले एक करोडको लगानीमा तल्लो वालिङमा वालिङ फुटसल कोर्ट स्थापना गरी खेल सञ्चालन गरेका हुन् ।
सोमबहादुर मल्ल (बिमल), अन्दाज थकाली, बीरेन्द्रध्वज मल्ल र अनिशमान श्रेष्ठको सामूहिक लगानीमा वालिङमै दोस्रो ईन्डोर फुटसल सञ्चालनमा आएको हो ।
फुटसलको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले फुटसल खेलको विकासका लागि यसले महत्वपूणर् भूमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले वालिङ तथा आसपासका खेलाडीहरुको क्षमता प्रष्फुटन गर्नुकासाथै नयाँ नयाँ खेलाडीहरु उत्पादन गर्नका लागि सहयोग पुग्ने बताउनुभयो ।

“फुटसलले पक्कै पनि खेलकुदप्रति आकर्षण गर्नुकासाथै स्वास्थ्यका दृष्टिले पनि महत्वपूणर् भूमिका खेल्ने छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो यसले पछि उपलब्धी दिदैं जाने छ ।” कार्यक्रममा उप प्रमुख कल्पना तिवारीले खेललाई ब्यवसायिकतासँग जोड्दै अगाडि बढाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले लुकेर रहेका प्रतिभावान खेलाडीहरुको खोजी तथा खेल क्षेत्रको विकासका लागि सहयोग पुग्ने बताउनुभयो । फुटसल उद्घाटनका क्रममा खेल क्षेत्रमा महत्वपूणर् योगदान दिने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

एन्फा केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको स्वागतसँगै शुरु भएको कार्यक्रम सञ्चालक सोमबहादुर मल्ल (बिमल) को सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन पुरनबहादुर थकालीले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?