ट्रेन्डीङ्ग

भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै राजमो अर्घाखाँचीद्वारा कोणसभा

अर्घाखाँची ।बैतडी दोगडाकेदार–७ की १७ वर्षीया छात्रा भागरथी भट्टको बलात्कारपछि भएको हत्याको विरोधमा राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले सोमवार सन्धिखर्कको भक्तिटोल चोकमा कोणसभा गरेको छ ।

कोण सभामा मन्तव्य राख्दै राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेलले बलात्कारपछि हत्या गरीएकी भट्टको तत्काल हत्यारा पत्ता लगाई कडा कारबाही गर्न माग गर्नुभयो । पौडेलले शान्तिपूर्ण प्रदर्शनका क्रममा आइतबार काठमाडौंमा विद्यार्थी नेताहरुलाई गिरफ्तारी गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

कार्यक्रममा मन्तव्य राख्दै अखिल छैठौंका केन्द्रीय उपाध्यक्ष देबेन्द्र कुवँरले छात्रा भागरथीको न्यायका लागि विरोध प्रदर्शन गरीएको बताउनुभयो । कुवँरले युनियनका केन्द्रीय अध्यक्ष विमल पोखरेल लगायतका नेताकार्यकर्तामाथि प्रहरीले गरेको ज्यादतीको विरोधमा कोणसभा गरीएकोे समेत जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal