ट्रेन्डीङ्ग

प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धी सचेतना तालिम

फाल्गुन ७ स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका वडा न.४ कालिका माबिमा प्रबिधिको उपयोग र साइबर क्राइम सम्बन्धि १ दिने सचेतना तालिम सप्पन्न भएको छ ।

कालिका माबिका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढाकाराम न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै गल्याङ जेसिजले स्थापनाको ३ वर्ष नपुग्दै समाजका युबाहरुका मन मनमा बस्न सफल भएको भन्दै सचेतना मुलक तालिमले बिद्यार्थीहरुको नकारात्मक सोचाइ सकारात्मक तर्फ जाने बताउनुभयो ।

लिभिङ अराउड टेक्नोलोजी काठमाडौको सहजीकरण र गल्याङ जेसिजको आयोजनामा आयोजित तालिमपछि बोल्ने बक्ताहरुले तालिमबाट प्रबिधिको समुचित प्रयोग गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।बिद्यालयका प्राधनाद्य्यापक चिन्तामणी न्यैपाने नेपाल बिद्यार्थी संघ कालिका माबी इकाइ सभापति ढाकाराम न्यौपाने, प्रक्षिक्षक विश्व अर्याल र विज्ञान पोख्रेलले दिनुभएको थियो ।
जेसिज अध्यक्ष गोपीकृष्ण रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम जेसिजका कार्यकारिणी उपाध्यक्ष प्रतिमा भट्टराईको स्वागत गर्नु भएको थियो भने सन्चालन कोषाध्यक्ष साधना न्यौपानेले गर्नु भएको थियो । उक्त कार्यक्रम ८५ जना सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal