ट्रेन्डीङ्ग

पात्र फरक यात्रा उहीँ:पवन(कविता)

कविता

पात्र फरक यात्रा उहीँ

पात्र छोडिन सक्छ्न
यात्रा भै नै रहन्छ
कोहि विश्राम गर्छन्
कोहि बिचलिन हुन खोज्छन्
कोहि अवसरवादी हुन सक्छन्
हामी भने हिंडि नै रहन्छौ
यात्रा उहीँ नै हो
केवल पात्र फरक

पानी बिनाको समुन्द्र
चुचुरो बिनाको हिमाल
सबैलाइ चड्न र तर्न मुस्किल हुन्छ
हामी भने चडिरहन्छौ, तरिरहन्छौ
हिम पहिरो आउला
हुरि आउला
हामि हिडिरहन्छौ।

यात्रा कठिन छ
पात्र बद्लिन्छ्न
हामी हिडिरहन्छौ
क्रान्तिका गित
मुक्तिका आवाज
बिद्रोहको भाव
प्रजाको काख
संघर्षको मैदान ।

दुश्मनका भित्ताहरु
मित्रतामा बद्लिन्छ
प्रष्ट गर्छन , साथ दिन्छ्न
पाठ सिकाउछ्न
त्यसैले भन्छौ हामि तिम्रा
हत्गडि , अधेरा ती भित्ता
हाम्रालागि पाठशाला ।

कलमलाइ बन्देज लगाउ
सक्दैनौं शब्दका भाव रोक्न
तयार छ्न योद्धा
कलम छोडी बन्दुक बोक्न।
तिमी उहीँ हौ
क्रान्ति छोडौ सुख रोज्यौ
हामी उहीँ हौ दुख भुल्यौ क्रान्ति रोज्यौ।
त्यसैले म भन्छु
पात्र बद्लिन्छ
यात्रा उहीँ नै हो ।

-पवन ज्ञावलि
बुटवल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?