ट्रेन्डीङ्ग

वालिङ र बिराटनगरबीचको खेल बराबरीमा सकियो

तोलाकान्त बगाले वालिङ, ०९ माघ ।
महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको खेल एक/एक गोलको बराबरीमा सकिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा गत बुधबारबाट काठमाडौंमा शुरु भएको उक्त प्रतियोगितामा खेल सुचारु भएको दोस्रो मिनेटमै वालिङकोतर्फबाट सम्झना शर्माले एक गोल गरेर टिमलाई अग्रता दिलाउनुभएको हो । खेलको दोस्रो हाफमा बिराटनगरकातर्फबाट एक गोल भएसँगै वालिङ र बिराटनगरबीचको खेल एक/एक गोलको बराबरीमा सकिएको वालिङ नगर खेलकुद विकास समितिमा संयोजक एवं एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचनले बताउनुभयो ।

उक्त प्रतियोगितामा वालिङकी सरस्वती हमाल उत्कृष्ट खेलाडीकोरुपमा घोषित हुनुभई पाँच हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको थियो । वालिङ नगरपालिकाले शनिबार त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । एक महिनासम्म जारी रहने प्रतियोगितामा वालिङ नगरपालिकासहित विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन् ।

प्रतियोगितामा पहिलोदेखि तेस्रो स्थानसम्म हासिल गर्ने टिमलाई क्रमशः १५ लाख, ८ लाख र ५ लाख पुरस्कार दिने एन्फाले जनाएको छ । त्यस्तै, उत्कृष्ट स्ट्राइकर, मिडफिल्ड, डिफेन्स, गोलकिपर र प्रशिक्षकलाई ५० हजार दिने बताइएको छ । यस्तै, बेस्ट प्लेयर अफ द लिगले स्कुटर प्राप्त गर्नेछन् । हरेक टिममा २३ खेलाडी र सात अफिसियल गरी ३० जना रहने छन् । त्यस्तै, टिमले प्रतियोगिताका लागि चार विदेशी खेलाडी पनि भित्र्याउन पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?