ट्रेन्डीङ्ग

निर्माणधीन सरचना दीर्घकालिन रुपमा टिकाउ हुने गरी बनाउनुपर्छ इकाई प्रमुख मिश्र

अनिल नेपाली
अर्घाखाँची २४ पुस
जिल्ला आयोजना कार्यान्वयन ईकाई शिक्षा अर्घाखाँचीका कार्यालय प्रमुख बलराम मिश्रले आज एक प्रेस विज्ञप्ती जारी गदै आफ्नो कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्लामा रहेका सामुदायिक विद्यालयको निर्माणधिन सरचनाहरु टिकाउ हुने गरी निर्माण गर्ने दायित्व व्यबस्थापन समितिको भएको बताउनुभएको छ । विद्यालय सरचना टिकाउ दीर्घकालिन हुने गरी बनाउनु सबैको दायित्व भएता पनि जिल्लाका कतिपय विद्यालयले गुणस्तरीय सामान प्रयोग नगरेको निर्माणधिन सरचना मापदण्ड अनुसार नभएको निर्देशिक अनुसार काम नगरी आर्थिक अपचलन गर्ने जस्ता कार्य अनुगमनका क्रममा भेटिएकोले त्यस्ता गल्ती कमजोरीहरुलाई तत्काल सुधार गरी आबश्यकत मापदण्ड विधि अनुसार काम गरि आर्थिक पारदर्शिता गर्नु सबै सरोेकारवालाको दायित्व भएकोे प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal