ट्रेन्डीङ्ग

वालिङ ८ आग्रीडाडामा गुम्बा निर्माण गरिने

गोपिकृष्ण रेग्मी माघ १ स्याङ्जा ।
स्याङजाको वालिङ नगरपालिका वडा नं.८ आग्रीडाडाँमा गुरुङ समुदायहरुको मन्दिर गुम्बा निर्माण गरिने भएको छ ।स्थानिय बासीको सक्रिएतामा देशविदेशमा भएका गाउलेको सहयोग र स्थानिय सरकारको पहलमा निर्माण हुन लागेको गुम्बाको माघे संक्रान्तिको दिनमा एक कार्यक्रमका विच शिलन्यास गरिएको छ ।
गुम्बाको सिलान्यस गर्दै नेपाली काँग्रेसका महासमिति सदस्य एवं समाजसेवी लक्ष्मीकान्त रेग्मीले नेपालीहरुको बहुजाती बहुभाषी र विभिन्न धर्म संस्कृतिका माध्यम बाट नेपाली पहिचान झल्किएको बताउनु भयो । मठ मन्दिर,पाटीपौवा,धारा कुवा चौतारा निमार्णले समाज विकास र धर्म संस्कृतिको संरक्षण हुने उहाँको भनाइ थियो ।
समाजसेवी शोनु कुमार गुरुङ ,शेर बहादुर गुरुङ लगाएतले एक गुरुङ गाउँ एक गुम्बा अभियान अन्र्तगत गुम्बा निर्माण गर्न लागिएको बताउनु भएको थियो ।
समाजसेवी युवा केशभक्त गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फाल बहादुर गुरुङको स्वागत र थमन गुरुङले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal