ट्रेन्डीङ्ग

भाषा, कला संस्कृति संरक्षणको लागि माघी खिचाडि महोत्सव

राज चौधरी,पुष २९ परासी । थारु जातिको नयाँ वर्षको अवसरमा नवलपरासीमा माघ महोत्सव व्यापक रूपमा मनाउदै। माघीको अवसरमा ‘हम्मन भाषा, कला संस्कृति अउर पहिचान, संरक्षण सम्बद्र्धन कैना हम्मनके अभियान’ भन्ने मूल नारासहित माघ महोत्सव भएको छ ।

थारु नयाँ वर्ष २६४५ औ माघीको अवसर पारी माघि महोत्सव मनाउने गरिन्छ अमराैट महिला बचत तथ ऋण सहकरी सस्था लिमिटेडकी अध्यक्ष सिन्दु चौधरीले जानकारी दिनुभयो ।

थारुहरुनै राष्ट्रको मुलवासी भएको र थारु भाषा, संस्कृतिको संरक्षण गर्न कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिए ।

रामग्राम नगरपालिका वडा नम्बर १४ डैनहवाको जनता मध्यामिक विद्यालयमा माघी महोत्सव कार्यक्रमको आयोजना गरिएको हो ।

माघी महोत्सव कार्यक्रममा धिकरी, घोङी, पटुसनी, पकौडी ,माछारि ,चिची लगायत पराम्परागत खानाका परिकारका स्टलहरु राखिएको थियोे।
यस्तै थारु भेषभुषाको साथै लठ्ठी नाच् , झम्टा नाच प्रदर्शन एवं संस्कृतिको प्रवर्द्धन , संरक्षण हुने अन्य कार्यक्रमको आयोजना समेत गरिएको थियोे ।
कार्यक्रममा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता प्रमुख आतिथ्यता तथा स्थानीय समाजसेबी,शिक्षाप्रेमी , बुद्धिजिबिहरु को उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम रामग्राम नगरपालिका वडा नम्बर १४ को आर्थिक सहयोग , अमराैट महिला बचत तथा ऋण सहकरी सस्था लिमिटेड तथा संकट मोचन सहकारी सस्थाको आयोजनामा सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?