ट्रेन्डीङ्ग

प्रेम सागरको पौडेलको शब्द संगितमा“घरको झ्यालैमा”सार्वजनिक(भिडियो)

काठमाडौं-नेपालि गीतसंगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला चर्चित चर्चित अनुहार समाबेश गित पनि बजारमा एक पछी अर्को भाईरल हुने गरेका छन् । यसै सन्दर्भमा नेपालि गित संगीतले पछिल्लो समय निकै नै आकाश चुमीरहेको बेला राजेन्द्र बजगाईको एरेन्ज प्रेम सागर पौडेलको शब्द तथा संगीतमा छत्र शाही,मेनुका परियार,रबिना बसेल र मिलन टमट्टाको स्वरमा“घरको झ्यालैमा”बोलको गित सार्वजनिक भएको छ ।

गीतको अडियो भिडियो पाटो निकै नै राम्रो बनेको यस गीतका म्युजिक भिडियो निर्देशक सुरेन्द्र मल्लले बताएका छन् । रक कौशलको छायाँकन रहेको गीतको म्युजिक भिडियो सम्पादन ईश्वर बाबुले गरेका हुन् भने बिकाश ज्ञवालीले गरेका हुन् । गीतको म्युजिक भिडियोमा पछिल्लो समय निकै नै चर्चित अनुहारको अभिनय रहेको छ ।

त्यसमध्येका कलाकार एलिना रायमाझी,लोमश शर्मा, जिबेश गुरुङ र समिक्षा पोखरेलको अभिनय रहेको छ भने जित मगर र दिया गिरीको समेत अभिनय रहेको छ। साथमा बालकलाकार समैरा थापा,तिर्थ राज घिमिरे,गायिका रबिना बस्याल र मिलन टमट्टाको अभिनय रहेको छ । गितको म्युजिक भिडियो अहिलेका सामाजिक अभियान्ता पूर्ण गौतम र हाश्याकलाकार चार्लीको अभिनय रहेको छ । म्युजिक भिडियो एस थ्रीके ईन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस भिडियो :

    https://youtu.be/5DG_ZncH7Ek

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal