प्रदिप पाठक ,पुष २५ काठमाडौ । योग तथा प्राकृतिक चिकित्सक सघंको १२औं बार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ ।

शनिबार आयाेजित साधारणसभामा संस्थाका उपाध्यक्ष डाक्टर यन्जन गैह्रेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष डाक्टर मनोज ढकालले गर्नु भएको थियो ।

साधारणसभाले डाक्टर जनक बहादुर बस्नेतको अध्यक्षमा १३ सदस्यीय नया कार्यसमिती चयन गरेको छ ।जसको बरिस्ठ उपाध्यक्ष दिनेश राई ,उपाध्यक्ष यन्जन गैह्रे महासचिव डाक्टर रविनलाल श्रेष्ठ ,सचीव डाक्टर दिपा पाण्डेय ,कोषाध्यक्ष डाक्टर पुकार लोहोनि त्यसैगरी सदस्यहरुमा क्रमश:डा.त्रीदेन शाक्य ,डा.पार्थी गुस्वाचार्य ,डा.मनोज ढकाल ,डा. दीपा पौडेल डा. स्कन्द डांगी ,डा.प्रकृति सिहं,डा.प्रतीक्षा पाण्डे रहेका छन ।
साधारणसभा डाक्टर जनक बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम डाक्टर दिनेश राइको स्वागत गर्नुभएको थियो भने कार्यक्रम संचालन सचिव डा दिपा पाण्डेयले गर्नु भएको उपाध्यक्ष यन्जन गैह्रेले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७७ पुष २५ गते शनिवार