मंसिर २६ काठमाडौ । यतिबेला नेपालका कतिपय पत्रकार, बुद्धिजिवी भन्न रुचाउने स्वनामधन्य अनुहार, अधिकारकर्मीको नाममा पुंजिवादी लुटको रक्षा गरिदिने ठेक्का चलाइरहेका कथित प्रजातन्त्रका हिमायति, र सामाजिक संजालमा चलेका घण्टा घण्टाका हावाहरुमा ह्वात्तै बहकिने सामाजिक संजाल प्रयोगकर्ताहरु नेपालमा हिंसा सुरु भयो- बिप्लव ब्यक्ती हत्यामा उत्रीयो, हिंस्रक गतिबिधी सुरु गर्यो भनेर चिच्याइरहेका छन । यो कस्तो बतासे चिच्याहट हो ? जसले न बिगत लाई पर्गेल्न सकेको छ नत वर्तमानलाई । टिप्पणिकर्ता हरुका यस्ताखाले प्रवृति आफ्नै अधिकार र न्यायका निम्ति बलिदानी पुर्वक संचालन गरिएको क्रान्तिलाइ गला निमोठ्न हात अगाडि बढाउन खोजिरहेका छन भन्ने भान हुन्छ । यस्ताखाले प्रवृतीहरु आफ्नै न्यायका निम्ति संचालित क्रान्तीको बिरोधमा चलाइएको नियोजित हावा संगै बहकिएर आफ्नो खुट्टामा आंफै बन्चरो सांध्न खोजिरहेका छन । डलरे भावनाको बतासमा बहकिनु पुर्व वर्तमान सत्ताको सोसणको जुवाले किचिरहेको आफ्नो उत्पिडित धरातललाइ सबैले स्मरण गर्न सान्दर्भिक हुन्छ । साथै सहि र गलत छुट्याएर आफ्नो र यो रास्ट्रको आगामी भविस्यलाइ न्याय प्रदान गर्न आवश्यक छ ।

थोरै बिगत तिर जाऔं- रास्ट्रीयता, जनतन्त्र र जनजिविकाको पक्षमा आफ्नो उपस्थिती जनाएर जनताको बिचमा शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेको पार्टिलाइ प्रतिबन्ध कसले लगायो ? केपि र प्रचण्डले लगाए जवाफ अगाडि छ । लिपुलेक क्षेत्रमा भएको भारतिय अतिक्रमण बिरुद्ध सर्वप्रथम ससक्त रुपमा ” लिपुलेक हाम्रो हो ” को नारा लगाएर नेपाल कम्युनिस्ट पार्टी सडकमा आयो । एनसिएलको कर छली बिरुद्ध संघर्ष र जनकारबाही , भ्रस्टचारी हरुलाइ जनकारबाही , सुकुमबासी माथी भएका अमानविय अत्यचार बिरुद्धका संघर्ष, महिला, दलित र उत्पिडित जनता बिरुद्ध भएका अपराधका बिरुद्ध संघर्षहरु , सामाजिक असमानता र अन्यायहरुका बिरुद्ध नेपाल कम्युनिस्ट पार्टिले जनताको बिचमा रहेर संयमतापुर्वक जनसंघर्स संचलान गर्दै आयो । कहिलेपनि हिंसा र युद्धको कुरा नेपाल कम्युनिस्ट पार्टिले गरेन । सेना प्रहरी सबैलाइ संबोधन गर्दै रास्ट्र र जनताको पक्षमा मिलेर अगाडि बढौं भनेर निरन्तर अनुरोध गरिरह्यो । तर यसको बदलामा लुटपाट र सोसणको रक्षक बनेको केपि ओलि सरकारले नेपाल कम्युनिस्ट पार्टी माथी ०७५ फागुन २८ गते बाट हिंसात्मक प्रतिबन्ध थोपर्यो । र प्रतिबन्धको आड र ओलिको अहंकारको रवाफमा ओलिको सामाजिक फासिवादी सरकार ब्यक्ती हत्यामा उत्रीयो । निहत्था कुमार पौडेलको हत्या गर्यो । तिर्थ घिमिरेलाई कुटि कुटि मार्यो । नीर कुमारलाई पक्राउ गरि हात बांधेर खोल्सामा लगेर गोलि हानेर मारियो । कपिलबस्तुमा पार्टिका कार्यकर्तालाइ गोलि प्रहार गरियो । दर्जनौ स्थानमा गोलि प्रहार गरियो । हजारौं लाई गिरफ्तार गर्नुका साथै चरम यातना र झुटा मुद्धाहरु लगाएर अमानविय दुख दिने काम भयो । अर्थात जनताले संयमतापुर्वक संचालन गरेको आन्दोलनलाइ दबाउन ओलिको अहंकारि रवाफ क्रुर र अमानविय बन्दै गयो । यि विषय यस आलेखको सुरुवातमा संबोधन गरिएका बुद्धिबिलास गर्ने सम्पुर्ण महानुभाव हरुलाइ अवगत छ । त्यसैले थोरै अगाडि फर्कौं र सबैले समीक्षा गरौं हिंसाको कारण केपिको ओलिको अहंकार हो कि बिप्लवको संमयमता ?? हिंसाको बिज ओलि अहंकारले रोप्यो कि, बिप्लवको संमयमता ले ? हिंस्रक ओलिको अहंकार हो कि, बिप्लवको जवाफदेहिता ?

जनयुद्धलाइ धनयुद्धमा रुपान्तरण गरेर पुंजिवादी डाकाहरुका टांङ्ग मुनि छिरेका लम्फुहरुको धोका धडी र बैमानी द्वारा श्रीजित दलाल पुंजिवादी सत्ताको कारण पैदा भएको जन संकटको निवारण के बिप्लवले पनि लुटेराहरुको टांङ्ग मुनि छिरेर झण्डावाल गाडिमा हिड्नु हुन्थ्यो होला त ? के प्रकाण्ड सत्ता लिप्सामा मदहोस भएर कुर्ची दाउपेचमा धपेडि गर्नु हुन्थ्यो होला त ? पक्कै पनि झापा बिद्रोह, जनयुद्ध र सबै न्यायपुर्ण आन्दोलनहरुको सपना यो होइन र थिएन । १० औं हजार शहिदहरुको बलिदानिको मूल्य यस्तो थिएन र होइन । जनताको सत्ता निर्माण गर्ने यस्तो दुसित अभिस्ट कम्युनिस्ट आन्दोलनको कदाचित होइन । अहंकारी ओलि र धुर्त दहाल जस्ता हुतिहारा हरु जनताका दुश्मनहरु संग आन्द्रा जोड्दै दलालहरुका लुटको सुरक्षा गर्न गए भन्दैमा जनताको सपनालाइ बिप्लवहरुले लत्याएर कुनै कुनामा वा दुरदराजमा गुमनाम बस्न सकेनन । त्यसैले बिप्लवीहरु दुख र संकटका कहालिलाग्दा भिर चढ्न तम्सिए, हिम्मत गरे । बिप्लव प्रकाण्डलाई जनताको झुपडि नै प्यारो भयो । नेपाल कम्युनिस्ट पार्टी शहिदहरुको बलिदानिको स्मरण गर्दै बलिदानिको सपथ सिरोधार्य गरेर कि मुक्ती कि मृत्युको मार्ग हिंड्न थाल्यो । ओलिको अहंकार र दहालको धुर्त्याइंले यसलाइ लुटेरा देखे । विभिन्न मंचबाट बिस बमन गर्दै बिप्लवलाइ लुटेराको नेता भन्न ओलि अहंकार उद्धत बन्यो । आफ्ना निकृस्ट र हठात आरोप हरुको बाढी चलाए । तथापी बिप्लव प्रकाण्डहरुले आफ्नो संयमता, धैर्यता र जनउत्तरदायिता लाई कहिलै भुलेनन । आखिर को थियो लुटेरा ? को थियो लुटेरा दलालहरुको ठेकेदार नेता ? को थियो भ्रस्टाचारी ? जनताको अगाडि छर्लङ्गै छ । त्यसैले समीक्षा यहाँ गर्न आवश्यक छ, आखिर हिंसाको कारण बिप्लवको संमयता हो कि ओलिको अंहकार ? टिप्पणिकारका कलमका मसिहरु जनताको बिचमा खडा भएको दुई बिपरित धार पुजिंवादी लुटेरा सत्ता र यसको बिकल्प बैज्ञानिक समाजवादी सत्ता दिइरहेको नेपाल कम्युनिस्ट पार्टी द्वारा संचालित एकीकृत जनक्रान्ति बिचको टकरावपुर्ण बिगत र वर्तमानका वास्तविक, यथार्थ र तथ्यपरक सत्यमा सल्बलाउनु पर्छ । यहि न्यायोचित हुन्छ ।
दुनिंया जगतले देख्न सक्यो एकीकृत जनक्रान्ती र बिप्लवलाई, खुल्ला मंचमा लाखौं जनताहरुको बिच बिप्लवले गरेको संवोधनलाइ तर कुनै कुनै मंचमा गएर बिप्लव को हो म चिन्दिन भनेर ओलिको अहंकार बोलिरह्यो । ओलिको कथित रास्ट्रवादले सिके रावत जस्तो पृथकतावादी लाई देख्यो र रातो कार्पेट टक्रायो तर बिप्लवको रास्ट्रीय स्वाधिनताको आन्दोलन र जायज मागहरुलाइ ओलिको अहंकारले सदैब तिरस्कार गरिरह्यो । वार्ताको हल्ला चलांउदै दमनका घिनलाग्दा दुश्चक्रहरु ओलियनहरुले चलाइरहे । सरकारको नेतृत्व गरेको र आंफुलाइ लोकतन्त्रवादी, समाजवादी भन्ने चाटुकार ओलि संग थोरै पनि जवाफदेहिता थियो भने इमान्दारितापुर्वक वार्ताको वातावरण बनाएर एक पटक कुरा सुन्ने हिम्मत गर्नु पर्थ्यो । लोकतन्त्रको आवरणमा फासिवादि हैकम संचालन गरिरहेका संसदवादीहरु यदि यो राज्य प्रती इमान्दार हुन्थे भने सबै पक्षको आवाजहरुलाइ सुन्न तयार हुन्थे र राज्यको आगामी दिशाको योजना बनाउन सहमतिको निम्ति प्रयत्न गर्ने थिए । रास्ट्र र जनता माथी संकट थोपरेर सो बिरुद्ध उठेको आवाजको सुनुवाइ गर्नुको साटो हिंसात्मक प्रतिबन्ध लाददै जनहत्यामा उत्रीएको ओलिको अहंकार दोसि छ कि बिप्लवको अहिले सम्मको संमयमता ? राज्यविहिनताको वातावरण बनाउने ओलिको भ्रस्ट कमिनापन हानिकारक कि बिप्लवको देशप्रेम र जनताको मुक्तिको सपना ? समीक्षा यहाँ गर्न आवश्यक छ महासय । त्यसैले बिरोध अहंकारी ओलिको हिंसात्मक प्रतिबन्धको गर्ने कि बिप्लवि प्रतिरोधको ? न्याय बोल्न हिम्मत चाहिन्छ महोदय । तपाइँका अखबार र अनलाइनहरु न्याय बोल्न सक्छन ? मेरो प्रश्न रहेको छ ।

२३ गते मंगलवारका दिन मोरङ्गमा एउटा दु:खद घटना घट्यो । नेपाल कम्युनिस्ट पार्टी द्वारा जारी गरिएको बिज्ञप्ति अनुसार मृतकलाई पटक पटक सच्चिन अनुरोध गरेको स्पस्ट छ । कारणले परिणामलाई निम्त्याएको छ । ओलि अहंकारले लादेको हिंसात्मक प्रतिबन्ध र जनदमनलाई भुलेर बतासे टिप्पणिकारहरु यहि मोरङ्ग घटनालाइ उचाल्न खोजिरहेका छन । स्मरण रहोस पुर्वमा ओलि अहंकारले लादेको अचाक्ली दमन र दमनका मतियारहरु बिरुद्ध पार्टिले अधिकतम लचकदार बनेर आफ्नो संमयमता प्रदर्शन गरेको पनि सबैमा जाहेर छ । तर के सहनशिलता कमजोरी हो ? सहनशिल बन्नु भनेको पराजित र निकम्मा बन्नु हो ? सहनशिलताको नाममा हजारौं शहिदहरुको सपना र नेपाली जनताको चाहनालाइ गुफामा थुन्नु जायज हुन्छ ? के परिस्थितीले आफू बिरुद्ध लादिएका फलामे सांङ्ग्लाहरु तोडेर अगाडि बढ्ने प्रयत्न गर्दैन ? के अर्जुनले भिस्मपितामह को बध गर्नु पर्ने अवस्था बनेन ? निश्चित गन्तव्य बनाएको यात्रीले आफ्नो सडकका कांडेतार र पथ्थरहरु पन्छाउनु पर्दैन ? मोरङ्ग घटनामा मृत्यु प्राप्त गर्ने शिक्षक ग्रामिण दुरदराजमा बस्ने एक नेपाली नागरिक हुन तर के त्यो ग्रामिण भेग प्रती ओलि अहंकारले लादेको उत्पिडन प्रती उनी संवेदनशिल बन्नु पर्दैन थियो होला ? उनले गरेको सुराकी कर्म केका लागि र कसको लागि यति भेद उनले खोट्याउनु पर्दैन थियो होला ? तिनै जनताको न्यायको निम्ति कोहि खाइनखाइ, लड्दै मर्दै भिरमा हिंड्ने, अनि उनी तिनै जनताको न्यायका निम्ति संचालन गरिएको आन्दोलनमा तगारो बन्नु जायज हुन्छ ? सुराकी गर्नु एक निन्दनिय र अक्षम्य अपराध हो । अपराधको दण्ड जो कोहि त्यस्तो कर्म गर्ने ले ढिलो या चांढो भोग्नै पर्छ । कि त मुक्ती या मृत्युको सपथ लिएर हिंडेका योद्धा नेपाल र नेपाली जनताका गर्व हुन, सम्पती हुन । उनिहरुको सुरक्षामा कसैले पछाडिबाट तिर हान्छ भने पक्कै पनि जनताले त्यस्ता भेदीहरुलाइ बांकी राख्दैनन । भोलि को रहला को नरहला, कसको छातिमा गोलि दागिएला या कसलाई बेपत्ता पारिएला तर निश्चित छ दलाल पुंजिवादि लुटेरा सत्ताबाट नेपाली जनतालाइ मुक्त गरेर बैज्ञानिक समाजवादि सत्ता स्थापना गर्ने क्रान्तिको सपना कहिलै मर्दैन । यो रक्तरंजित सपना भोलि कोहि योद्धा भएर अवश्य उठ्ने छ र क्रान्ती बिरोधीहरुलाइ दण्डित गर्ने छ । निश्चिय छ एकीकृत जनक्रान्तिले झापा बिद्रोहका सुराकीहरुको त्यतिबेलाको दुश्कर्म पनि खोतल्ने छ । नेत्र घिमिरे, बिरेन राजवंशी लगायत त्यसबेलाका योद्धाहरुको सुराकी गर्नेलाई पनि सजाय दिने छ । जनयुद्धका सुराकीहरु पनि यो दण्डबाट उम्केर स्वतन्त्रताको हावा खाएर संधै उन्मुक्त हिंड्न सम्भव छैन । कोहि नेपालिले अनाहकमा नमरुन, क्रान्तिमा कम भन्दा कम क्षति होस भन्ने र जनताको सुरक्षालाई नै अधिकतम प्रथामिकतामा नेपाल कम्युनिस्ट पार्टिले राखेको पार्टिका हरेक गतिबिधी बाट थाहा पाउन सकिन्छ । र यसमा महासचिब बिप्लवको संवेदनशिलता र संमयमता अधिकतम पाउन सकिन्छ । तथापी ओलिको अहंकारि फासिवाद जनहत्यारो बनेको छ, ओलिको निकृस्ट अहंकार समाजमा देखिएका हरेका हिंसाका कारणहरु बन्न पुगेका छन । त्यसैले ओलिको अहंकार र गैरजिम्मेवारी पन नै हिंसाको प्रमुख कारण हो । यो मुलुकलाई ओलिको अहंकारि हिंसाबाट बचाऔं, ओलियन अहंकारी फासिवादलाई सत्ताबाट गलहत्याएर बैज्ञानिक समाजवादी सत्ताको स्थापना गरौं ।(सुमन सिह पौडेल विप्लव नेकपाका युवा नेता हुन् ।)

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार