मंसिर २१ ,पर्वत । पर्वतको बिहादी गाउँपालिकामा ”कोभिड- १९ को रोकथाम र समृद्धिका लागि संयुक्त कार्य: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भुमिका अपरिहार्य” भन्ने नाराका साथ विहादी गाउँपालिका स्तरिय १७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस एक कार्यक्रम गरि सम्पन्न गरेको छ ।

 

 

 

बिहादी गाउँपालिका का अध्यक्ष कमल प्रसाद भुसालको अध्यक्षतामा सञ्चालनमा भएको कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल , जिल्ला समन्वय समिती सदस्य बिष्णु पौडेल , बिहादी गाउँपालीका वडा नम्बर दुई बर्राचौरका वडा अध्यक्ष ओम प्रसाद कुवर , बिहादी गाउँ पालिका भित्रका स्वास्थ चौकी प्रमुख , बिहादी पालिकाका कर्मचारीहरु , महिला स्वयंसेवक लगायतका उपस्थिति रहेको उक्त कार्यक्रममा बिहादी गाउँपालिका भित्रका छ जना उत्कृष्ट महिला स्वयंसेवक लाई पुरस्कृत गरेको बिहादी गाउँपालिका दुई बर्राचौर का बर्राचौर स्वास्थ चौकी प्रमुख भुपेन्द्र नाथ पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बिहादी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयाल , बिहादी गाउँपालिका दुई बर्राचौर का वडा अध्यक्ष ओम प्रसाद कुवर लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बिहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले गर्नु भएको थियोे ।

प्रकाशित मिति : २०७७ मङ्सिर २१ गते आइतवार