मंसिर १९ काठमाडौ । हिजो एउटा साथि सँग अनलाइनमा कुरा हुँदै थियो।
“के गर्दै छौ ?”
रिप्लाई आयो- “नोट सार्दै छु।”
हामी स्कुल, कलेजमा पढ्दै गर्दा शिक्षकले भनेको सुन्ने, बुझ्ने, अभ्यास गर्ने वा नोट सार्ने काम हुन्छ। सबै तहका कक्षाकोठामा हुने भनेकै यहि हो भनेर बुझ्दा फरक नपर्ला यद्यपि कतिपयमा स्वअध्ययन समेत नहुने भने पक्कै होइन किनकि स्वअध्ययन पनि सिकाइको एउटा प्रक्रिया अन्तर्गत नै पर्दछ।

पाठ्यपुस्तकमा भएको विषयवस्तु छोटो बनाउन, ब्याख्या विश्लेषण गर्न तथा बाहिरी कुराहरु बारे थप ज्ञान हासिल गर्न समेत नोट टिप्ने गरिन्छ। सबैको लेखाई स्पिड एकनासको त हुँदैन तर आफुले शिक्षकले भनेको स्पिडलाई पकड्दै भनेका कुराहरु नछुटाई सार्न सकेमा सजिलो हुने भइ नै हाल्यो। नत्र कतिपय छुटेका कुरालाई थोरै ठाउँ खाली राखेर बाँकी कुरालाई निरन्तरता दिन समेत सकिन्छ। नोटको मुख्य भाव अथवा शिर्षकलाई बोल्ड गर्ने, भिन्न तरिकाले लेख्ने, भिन्न रङको मसि प्रयोग गर्ने जस्ता कार्य सिकारुको रुचिमा समेत भरपर्ने कुरा हो।

हाम्रो देशको शिक्षा पद्धतिको बाह्य मुल्यांकन प्रणाली प्रायः तीन घण्टाको लेखाइमा आधारित रहेकोले पनि सोही तरिकाले परीक्षाको तयारी गर्नु उपयुक्त हुन आउँछ यसो भन्दैमा व्यक्तिले आफ्नो जीवनव्यवहारमा परिवर्तन या सिर्जनसिल क्षमताको विकासलाई प्रमुख मान्ने कुरालाई भने ओझेलमा पार्न खोजिएको पक्कै होइन तर नोट शिर्षकलाई यो लेखबाट खोतल्ने प्रयास भने गरिएको हो।

कक्षाकोठामा रहने सुस्त मनस्थितिका विद्यार्थीहरु अझ त्यसमाथि छात्राहरूले प्रायः घरमा पुगेर विद्यालयको विषयगत नोटहरू सार्ने गरेको देख्न सकिन्छ। नोट गर्नु भनेको लामो समयसम्म सुरक्षित राख्नु पनि हो। तर विद्यालयमा शिक्षकले भनेको कुरा साथिको नोट मागेर घर आएर सार्दा नोट सार्ने काम मात्र हुन्छ पढ्नलाई प्रयाप्त समय पुर्‍याउन नसकिने, नोट सारेर फेरि थप समय दिएर पढ्न अल्छि लाग्ने समेत हुन्छ। अर्को कुरा हामीले प्रश्नपत्र तीनघण्टामा नै सक्नुपर्ने हुँदा घरमा बनाएको नोट कपिका जस्तो अक्षर नबन्न सक्छ, स्पिड नपुग्न सक्छ फेरि अर्को कुरा नोट कपिको सुन्दरतामा हाम्रो प्राप्ताङ्क भरपर्ने पनि त होइन। हाम्रो लेखाई स्पिड र अक्षरको सुन्दरता पनि विद्यालयमा लेखिने कुरामा भरपर्छ किनकि विद्यालयमा बसेर पढ्ने, लेख्ने तरिका र परिक्षा दिने कुरा करिबकरिब एकै ठाउँ, परिवेशमा हुन आउँछ।

घरमा आएर सधैं छुटेको नोट साथिको कपिबाट सार्ने धन्दाभन्दा बरु घर खाली समयमा छिटो स्पिड गरेर पुस्तकबाट अन्य कुरा सार्ने,अक्षरको सुन्दरतालाई ध्यान दिने गरेमा विद्यालयमा हुने लेखाइ स्पिडलाई पकड्न सकिन्छ । घरमा आएर विद्यालयमा पढेको कुरा सारेर समय वर्वाद गर्नुको सट्टा विद्यालयमा पढेको नबुझेको कुरामा फोकश गर्ने अर्को दिन पढ्ने कुरा घर आएर हेर्ने बुझ्ने गर्न सकेमा पढाएको कुरा सहजै बुझ्न अप्ठ्यारो पर्दैन। यसो गर्न सकेमा गृहकार्य गर्न, अभ्यास गर्न, पढ्न नयाँ तरिका एवं पद्धति बारेमा सोच्न प्रयाप्त समय पुग्छ।

नोटकपिमा भएका कुराहरु हामीले परीक्षामा लेख्न सकिदैन , सोधेको बेला भन्न सकिदैन भने त्यो लाइब्रेरीमा रहेको पुस्तक जस्तै हो त्यसको प्रयोग नभएसम्म कुनै औचित्य रहँदैन । तसर्थ हामीले सिक्नुपर्ने कुराहरु दिमागमा कसरी सम्झिन सकिन्छ त्यहि अनसार अभ्यास गर्नुपर्छ । बाक्लो नोट कपि भन्दा सानासाना चिरकटा बनाएर गोजीमा राखेर हिँड्नाले भान्सामा काम गर्दा, साथिलाई पर्खदा, यात्रामा सवारी गर्दा आवश्यकता र परिस्थिति अनुसार मस्तिष्कमा जीवन व्यवहारमा लागु हुने गरि भण्डार तथा प्रयोग गर्न सकिन्छ।

तसर्थ बाह्र महिना नोट सार्ने र परीक्षाको बेला मात्र पढ्ने काम भयो भने परीक्षामा राम्रो गर्न सकिदैंन त्यसैले पढ्ने र लेख्ने कुरा दुवैलाई मिलाएर लैजान सकेमा परीक्षामा राम्रो गर्न सकिन्छ। अर्को कुरा हाम्रो नोट कपि रामायण, गिता, पुरायण जस्तो रे को कहानी र अमुर्त भन्दा फ्लिमि तरिकाको बुझ्ने, बुझाउन सकिने र थप सिर्जनसिलतामा जोड दिन सकिने भयो भने सिकाइ उपलब्धिमुलक हुन्छ।

– श्रीराम स्वरुप
प्रकाशित मिति : २०७७ मङ्सिर १९ गते शुक्रवार