आज डिसेम्बर ३ अर्थात् २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । संयुक्त राष्ट्रसङ्घको सदस्य राष्ट्र नेपालले अनुमोदन गरेका राष्ट्रसङ्घीय विभिन्न प्रावधानकै सन्दर्भमा यस दिन नेपालले महत्ववका साथ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाउँदै आएको छ । नेपाली समाज यो दिवस मनाउन पूर्व राजाको पालादेखि पनि अशक्त, विपन्न, बेसहारा, अपाङ्गता भएका व्यक्तिमाथि दयाभाव राख्नुपर्ने धार्मिक, सामाजिक सन्देशले दीक्षित हुँदै आएकाले यहाँ यस प्रकारका सामाजिक कल्याणका काम हुँदै आएको ऐतिहासिक प्रमाण पाइन्छ ।

समयको परिबर्तनसँगै कुनै पनि विषय, सन्र्दभ वा अवस्था, परिस्थितिलाई गरिने बोध÷बुझाइ, मूल्य, मान्यतामा भिन्नता आउने नै गर्दछ त्यसै गरि हाम्रो सांस्कृतिक परिवर्तनसँगै अपाङ्गता दिवस मनाइरहँदा अपाङ्गतालाई पहिले दयासँग जोडेर मनाइन्यिो भने अहिलेको २१ औ शताब्दिमा आईपुग्दा यस्लाई हक र अधिकारमा जोडेर मनाइने गरिन्छ । पहिलाको दृष्टिकोणमा अहिले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने र बुझ्ने मान्यतामा परिवर्तन आयता पनि हाम्रा पिछडिएका भुभागहरुमा भने अभmै परिवर्तन आउन सकेको छैन । अझै पनि हाम्रो समाजमा अपाङ्गतालाई भाग्य वा दुर्भाग्य भन्ने धार्मिक मूल्य रहिरहेको छ । भने अपाङ्गताको कारण र परिणामका वैचारिक कोणबाट पनि बोध गर्न थालिएको छ । आजका सबलाङ्ग अर्थात शारिरिक मानसिक आदि दृष्टिकोण सबल सक्षम भएका ब्यतिm भोलिको दिन अपाङ्गता भएका व्यक्तिमा दर्ज हुन पुग्छन् वा तिनले अपाङ्गता भएका सन्तानलाई जन्म दिन सक्छन् र यस्तो अवस्थामा कुनै पनि व्यक्ति अपाङ्गताबाट निरपेक्ष रहन सक्दैन । यसैकारण अपाङ्गता दिवस केही परिभाषित व्यक्तिको मात्र नभएर देश र अन्तर्राष्ट्रिय सरोकारको दिनको रुपमा लिगेर पनि मनाइने गरिन्छ ।
“अपाङ्गता एउटा नविनतम धारणा हो । यो शारिरिक, मानसिक, इन्द्रिय सम्वन्धि कुनै प्रकारको विचलन भएका ब्यक्तिहरु र भौतिक दृष्टिकोणजन्य र संस्थागत अवरोधहरुको बीच हुने अन्तकृयाको परिणाम स्वरुप उत्पन्न हुन्छ ।” अपाङ्गता भएका ब्यक्ति बिरुद्घ हुने भेदभाव अन्त्य गरी उनीहरुका नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको सम्मान गर्न तथा अपाङ्गता ब्यक्तिलाई सशक्तीकरण गरी नीति निर्माणमा र बिकास प्रक्रियामा सहभागी गराई स्वाबलम्बि र सम्मानजनक जीवन यापनको वातावरण सुनिश्तित गर्न सम्बन्धमा अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बाञ्छनीय भएकाले नेपालको संविधानको धारा,२९६ को उपधारा १ बमोजिम ब्यवस्थापिका संसदले ऐन नं २५ बनेको छ ।
कुनै पनि व्यक्तिमा अपाङ्गता हुनु उसको रहर नभएर बाध्यता हो । अन्य व्यक्तिको तुलनामा अपाङ्गता हुनु भनेको शरीरको कुनै एक वा सोभन्दा बढी अङ्गमा जन्मजात वा जन्मपश्चात् हुने घटना वा दुर्घटनामा परेर शारीरिक विकृति आउनु र त्यो अङ्गले सक्रियरूपमा काम गर्न अवरोध हुनु हो । तर त्यो अङ्गले पूर्णरूपमा कार्य सम्पादन गर्न कठिन भएको अवस्थामा विभिन्न उपयोगी तथा सहयोगी सामग्रीको सहयोगमा कार्य सम्पन्न गर्न सकिन्छ ।
नेपाल सरकारले ल्याएको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ ले शारीरिक अङ्गहरू र शारीरिक प्रणालीमा भएको समस्या वा कठिनाइअनुसार अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको छ । जस्तै– १. शारीरिक अपाङ्गता २.दृष्टिसम्बन्धी अपाङ्गता (क) दृष्टिविहीनता (ख) न्यून दृष्टियुक्त (ग) पूर्ण दृष्टिविहीन ३. सुनाइसम्बन्धी अपाङ्गता (क) बहिरा अपाङ्गता (ख) सुस्तश्रवण अपाङ्गता ४. श्रवण दृष्टिविहीन अपाङ्गता (जो आँखा पनि देख्दैनन् र कान पनि सुन्दैनन् ) ५. स्वर बोलाइसम्बन्धी अपाङ्गता ६. मनोसामाजिक अपाङ्गता ७. बौद्धिक अपाङ्गता ८. अनुवंशीय रक्तस्राव (हेमोफेलिया)सम्बन्धी अपाङ्गता ९. अटिजम अपाङ्गता १०. बहुअपाङ्गता (एउटै व्यक्तिमा दुई वा सोभन्दा बढी अपाङ्गता हुनु जस्तै– एउटै व्यक्तिमा बौद्धिक, अटिजम, दृष्टिविहीनलगायतका अपाङ्गता हुनु) त्यसैगरी अशक्तता तथा गम्भीरताका आधारमा अपाङ्गतालाई चार भागमा वर्गीकरण गरिएको छ । जस्तै– १. पूर्ण अशक्त अपाङ्गता २. अति अशक्त अपाङ्गता ३. मध्यम अपाङ्गता ४. सामान्य अपाङ्गता । र पुर्ण अशक्त अपाङ्गता भएको ब्यक्तिलाई रातो परिचय पत्र, अति अशक्त अपाङ्गता भएको लाई निलो परिचय पत्र दिने गरीन्छ र मध्यम र सामान्य अपाङ्गता भएका लाई कमश पहेँलो र सेतो परिचय पत्र दिइने ब्यवस्था गरिएको छ । नेपाल सरकारले रातो र निलो परिचय पत्र भएका ब्यक्तिहरुलाई सामाजिक सुरक्षा भत्ता भनि मासिक रुपमा भत्ता दिने गरेको छ । साथै नेपाल सरकारले अपाङ्गताको क्षेत्रमा काम गर्ने कोपिला नेपाल जस्ता विभिन्न सङ्घसंस्थाको साझेदारी, सहकार्यमा उनीहरूको सल्लाह सुझावअनुरूप पछिल्लो चरणमा अपाङ्गता भएका व्यक्तिका विषयमा केही उपलब्धिमूलक कामको थालनी गरेको छ , सम्पुर्ण अपाङ्गता भएका ब्यक्तिहरुलाई उस्को अपाङ्गतालाई आवश्यक सेवा, सुविधा तथा तालिमहरु दिने गदैँ आएको छ । तर यहाँ अझै अपाङ्गता हुनु भनेको पूर्वजन्मको पाप, कमजोरी, दया गर्नुपर्ने, घरपरिवार तथा समाजको बोझका रूपमा लिने परम्परागत र नकारात्मक दृष्टिकोणको पूर्णरूपमा अन्त्य हुन भने सकि रहेको छैन ।
नेपाल सरकार तथा यससँग सम्बन्धित सरोकारवाला निकायका साथै अपाङ्गताको क्षेत्रमा काम गर्ने कोपिला नेपाल जस्ता विभिन्न सङ्घसंस्थाले विभिन्न समयमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकारका विषयमा वकालत तथा पैरवी गर्दै आएका छन् । अपाङ्गता भएका व्यक्तिले पनि अन्य नागरिकसरह आफ्नो जीवनयापन गर्न पाउनुपर्छ । राज्यले उपलब्ध गराउँदै आएका सेवा सुविधाको उपभोग गर्न पाउनुपर्छ । त्यसका लागि साङ्ग व्यक्तिको तुलनामा अपाङ्गता अनुकूलको वातावरण तथा अपाङ्गतामैत्री संरचना निर्माण गरिनुपर्ने भनेर विभिन्न समयमा वकालत तथा पैरवी नभएका होइनन् । हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभरि अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । यस दिवसका अवसरमा सबै राष्ट्रमा रहेका अपाङ्गता भएका व्यक्तिका सवाललाई सम्बोधन गर्न सहज होस् । अपाङ्गता भएका व्यक्तिका सवालप्रति राज्यको ध्यान केन्दि«त होस् र अन्य नागरिकसरह उनीहरूले पनि अपाङ्गता अनुकूलको वातावरण, संरचनामा जीवनयापन गर्न सक्ने वातावरण सिर्जना होस् भनेर संयुक्त राष्ट्रसङ्घले नारा तय गर्ने गर्दछ । सोही नाराको मर्मअनुरूप आफ्ना देशले राष्ट्रिय नारा र सहायक नाराहरू बनाएर विभिन्न कार्यक्रमसहित अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ  संयुक्त राष्ट्रसङ्घले सन् १९८१ लाई अन्तर्राष्ट्रिय अपाङ्गता वर्षका रूपमा घोषणा गरेपछि विश्वभरि रहेका अपाङ्गता भएका व्यक्तिका लागि विश्वव्यापी काम गर्न सन् १९८२ मा अपाङ्गता भएका व्यक्तिका लागि अवसर सामाजिकरण पुनस्र्थापना, अपाङ्गतासम्बन्धी १० वर्षे विश्व कार्ययोजना निर्माण गर्न आह्वान ग¥यो । सन् १९८२ मा नै अपाङ्गतासम्बन्धी विश्व कार्ययोजना सन् १९८३ बाट लागु गरियो ।

अघिल्लो वर्षदेखि सन् १९९२ को कार्यन्वयन अवधिलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दशकका रूपमा घोषणा गरिएको इतिहास अपाङ्गताको क्षेत्रमा काम गर्ने कोपिला नेपाल जस्ता विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालमार्फत जानकारी लिन सकिन्छ । सन् १९९२ को अक्टोबरमा अपाङ्गतासम्बन्धी विश्व कार्ययोजनाको दशक पूरा भएको अवसरमा संयुक्त राष्ट्रसङ्घले प्रत्येक वर्षको डिसेम्बर ३ लाई विश्वभर अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भनि मनाउँदै आहिरहेको छ ।
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसको नाम सुरुमा इन्टरनेशनल डे अफ डिसएबल्ड पर्सन्स राखिएको थियो । सन् २००७ मा इन्टरनेशनल डे अफ पर्सन्स विथ डिसएबिलिटिज राखियो । यस नामलाई सन् २००८ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउँदादेखि प्रयोग गरिँदै आइएको छ । हरेक वर्षको डिसेम्बर ३ का दिन अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने क्रममा संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय नारा तय गर्ने गर्दछ । यसैका आधारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र अपाङ्गताका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घसंस्थाका साथै राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालसँगको छलफलपश्चात् यस बर्षको २९ औँ अन्र्तराष्टिय अपाङ्गता दिवस “कोभिड १९ पश्चातको उत्कृष्ट पुर्नागमनको सुनिश्चितता” र “ अपाङ्गता भएका ब्यक्तिहरुको पहुँच र दिगो बिकासको लागि सबैको प्रतिबद्धता” भन्ने मुल नाराका तय गरिएको छ । यसरी अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको पनि २९ वर्ष पुगेको छ । यो २९ वर्षमा आईपुग्दाँ विगतको तुलनामा अपाङ्गता भएका व्यक्तिप्रति केही सकारात्मक परिवर्तन आएका छन् । यो सहरका केही स्थानमा मात्र केन्द्रित छ  र पहाडी लगायत दुर्गम क्षेत्रमा जहाँ धेरै अशिक्षित र रुढिबादि परम्परागत धारणाले गाँजिएका मानिसहरु छन् त्यस्ता समुदायका अपाङ्गता भएका ब्यक्तिहरूले अझै पनि अपमानजनक शब्द, कमजोरी, घरपरिवारको बोझ, हेला र तिरस्कारमा जीवन बाँच्न बाध्य छन् । कतियप अपाङ्गता भएका व्यक्तिका घरपरिवारले राम्रो व्यवहार गरे तापनि समाजका अन्य नागरिक तथा हामी मानवले निर्माण गरेका मानवीय अवरोधका कारण अपाङ्गता भएका व्यक्तिको जीवनयापनका निकै चुनौती छन् ।
राज्यस्तरका नीति नियम, ऐन कानुनमा अपाङ्गता भएका व्यक्तिका सवाललाई समावेश गर्ने प्रयास गरिएको त छ तर अपाङ्गता भएका व्यक्तिका लागि बनेका नीतिनियम, ऐनकानुनमा भएका व्यवस्था पूर्णरूपमा कार्यान्वयनहुन भने सकेको छैन । अझै पनि सबै सरकारी तथा सार्वजनिक कार्यालय, भवन, सार्वजनिक शौचालय अपाङ्गतामैत्री बन्नसकेका छैनन् । शिक्षा, स्वास्थ्य, रोजगारलगायतका निकायमा अपाङ्गता भएका व्यक्तिको पहुँच पुग्न सकेको छैन । जसले गर्दा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस ¥याली र भाषणमा मात्र सीमित हुने भैरहेका छन् र आगामी दिनहरुमा पनि अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई ¥याली र भाषणमा मात्र सीमित नराखेर संयुक्त राष्ट्रसङ्घले तय गरेको नारा, राष्ट्रिय नारा अनुसार काम गरौँ । सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको अन्य नागरिकसरह बाँच्न पाउने अधिकार सुनिश्चित गरौँ । उनीहरूलाई विशेष संरक्षण, सशक्तीकरण वा सुविधा प्रदान गर्न सकिने अधिकारमुखी प्रावधान संविधानमै अङ्कित भैरहेका छन् अब ब्यवहारमा लागु गरौँ । संविधानतः संसद्मा सहभागी हुन पाउनेदेखि अपाङ्गता भएका नागरिकलाई निःशुल्क उच्चशिक्षा पाउने हक,दृष्टिविहीन नागरिकलाई ब्रेललिपि तथा बहिरा र स्वर वा बोलाइसम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट शिक्षा पाउने हक दिई अपाङ्गता भएका व्यक्तिलाई सम्मान र उनिहरुको न्यायका लागि हामीले वकालत गरैँ ।
पछिल्ला वर्षदेखि अपाङ्गता भएका नागरिकमैत्री योजना तथा बजेट तर्जुमा गर्ने गरिएको छ । नेपालले यस दिशामा प्राप्त गरेका सफलता र चुनौतीको वस्तुपरक समीक्षा गरी आगामी दिनमा अपाङ्गता भएका व्यक्तिलक्षित विशेष कार्यक्रम ल्याउनुपर्र्यो । हाल भइरहेका संवैधानिक तथा कानुनी प्रावधानमा समयानुकूल परिमार्जन गर्दै अपाङ्गता भएका व्यक्तिको पूर्ण मानवअधिकार संरक्षण गरी समानतामूलक समाज स्थापनामा नेपालले विशिष्ट योगदान दिनसक्छ । अपाङ्गता हुनुमा आन्तरिक र बाह्य कारण निर्णायक हुन्छन् । नेपालमा दिनहुँ हुने सडक दुर्घटनाबाट बर्सेनि हजारौँ व्यक्तिले अपाङ्गताको दुष्परिणाम भोग्दै आएका छन् । अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै गर्दा गर्भावस्थादेखि मृत्युवरण गर्नुअघि हुनसक्ने अपाङ्गताका कारणको पहिचान गरी त्यसको रोकथामका नीति तय गर्नु आवश्यक छ ।
विपन्नता र अपाङ्गताबीच गहिरो सम्बन्ध हुन्छ । मातृशिशु कल्याणका काम हुन नसक्दा वा गर्भावस्थामा आवश्यक आहाराको अभावमा र आवश्यक चेतनाको अभावका कारण जथाभावी औषधि प्रयोग गर्दा एउटी आमाले अपाङ्ग बच्चा जन्माउनुपर्ने मात्र होइन जन्मेपछिको कुपोषणले हुने अपाङ्गताका पीडा नयाँ होइनन् । यस्ता दुष्चक्रलाई पराजित गर्न विश्वस्तरमा विभिन्न आर्थिक, सामाजिक कार्यक्रम गरिँदै आएको छ तर पराजित हुन भने सकेका छैनन् । अवसर र आम्दानीले अपाङ्गताका मनो–सामाजिक चोट कम गर्न सकिन्छ । विपन्न छ, अपाङ्ग पनि छ भने उसको जीवन कष्टकर हुनेछ तर यदि बिश्वका अपाङ्गता भएर पनि सबलाङ्ग ले गर्न नसकेका यन्त्रको आबिष्कार लगायतका महान कार्यहरु गरी पुरै बिश्वमा आफ्नो नाम चलाई अन्य ब्यक्तिहरुको लागि प्रेरणाको स्रोत बनेका ब्यक्तिहरुलाई जस्तै आम्दानीका अवसर प्रदान गरेर अपाङ्गतामैत्री ९शरीरमैत्री रोजगारी० दिएर उनिहरुको समस्याको न्यायपूर्ण उपचार गर्न सकिन्छ । हातखुट्टा चल्नेले हात खुट्टा चलाएर, मस्तिष्क चल्नेले मस्तिष्कको उर्वरत्वबाट आर्थिक स्वावलम्बन प्राप्त गरी परिवार र समाजको बोझ होइन उदाहरणीय व्यक्ति बनाउनका लागि राज्य र परिवारले विशेष योगदान दिन सकिन्छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर १८ गते बिहिवार