पुष ६ काठमाडौ । नेकपाका महासचिव विप्लवले असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादको स्थापनाको सर्घषमा सहभागी बन्न आमनागरिकलाई अपिल गरेका छ ।

महासचिव विप्लव एक विज्ञप्ति मार्फत नेपाली जनताको अग्रगामी एवं रुपान्तरणकारी चाहना र दलाल पुँजीवादी राज्यव्यवस्थाको पश्चगामी, प्रतिक्रियावादी प्रवृत्तिका साथै साम्राज्यवादी घुसपैठका कारण पैदा हुने संघर्षले उनीहरुले जतिसुकै शान्ति र समृद्धिको प्रचार गरेपनि यो असफलता र संकट आउनु स्वभाविक भएको बताएका छन् । उनले जनताको शान्ति र प्रगतिको आकांक्षा पुरा गर्न असफल हुँदा फासीवादको सहारामा आफ्नो संकट तार्न खोज्ने संसदवादी तत्वको विश्वव्यापी चरित्र अनुसार केपी वलीले संसद विघटनजस्तो कदम चालेको बताएका छन् । संसदीय व्यवस्थाको गोलचक्करबाट जनताको समस्या समाधान होला भन्ने भ्रममा पर्नु गलत भएको भन्दै महासचिव विप्लवले यो संकटको वास्तविक समाधान, शान्ति, स्थीरता, स्वाधीता र समृद्धिका लागी वैज्ञानिक समाजवाद स्थापनार्थ सम्पूर्ण कम्युनिस्ट, वामपन्थी, लोकतन्त्रवादी, प्रगतिशील, देशभक्त शक्तिहरुलाई नयाँ आधारमा ऐतिहासिक संवाद, सहकार्य र मोर्चाबन्दीमा जुट्न आग्रह समेत गरेका छन् ।

महासचिव विप्लवले सम्पूर्ण नागरिकलाई आमुल परिवर्तनकारी संघर्षमा सहभागि बन्न र सहयोग गर्न अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार