ट्रेन्डीङ्ग

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाद्वारा पार्टी पुर्नगठनको शुभकामना सन्देश

काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी पुर्नगठनको अवसरमा नेपाली प्रगतिशील मोर्चा मलेसियाद्वारा एक प्रेस व्यक्तव मार्फत शुभकामना व्यक्त गरेको छ ।

नेपाली जनप्रगतिशिल मोर्चा मलेसिया द्वारा शुभकामना सन्देश यस प्रकार छ:
आदरणीय न्यायप्रेमी जनसमुदायहरु! स्वदेश तथा विदेशमारहनु हुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरु! ,बौद्धिक श्रमजीवीहरु , यूवा तथा विद्यार्थी हरु देश भक्त र राष्ट्रवादी शक्तिहरु ,कर्मचारी, सेना, प्रहरी साथै नेपाल र नेपाली क्रान्तिलाई योगदान गर्नु हुने माय गर्नु हुने सम्पूर्ण क्षेत्र तथा आफ्नाे अमुल्य जिवन देश र जनताका लागि बलिदान गर्नु हुने महान शहिदहरु बेपत्ता, घाइते योद्धाहरु आजको यो बिषेश दिनमा सम्पुर्णमा सम्मान तथा स्मरण गर्न चाहाछौँ।

आज मंसिर ८ गते नेपाल कम्यूनिष्ट आन्दोलनको छुट्टै महत्व र विशेषता राख्ने दिन। नेपाली क्रान्तिमा देखा परेको बिसर्जनवाद संसोधनवाद अत्मासमर्पवाद र प्रतिक्रान्तिको विरुद्ध क. बिप्लब नेतृत्व मा पार्टी पुनर्गठन गरिको दिन ( ७ औं पार्टी पुनर्गठनको दिवस।) दशकौं देखि जनताले गरेको बलिदानी त्याग र तपस्या लाई ब्यक्तिगत स्वार्थ र निजि अस्तित्व अनि अमुख व्यक्तिको हितमा मात्र प्रयोग गरि। हिजो क्रान्तिबाट प्राप्त भएका सम्पूर्ण उपलब्धिहरु दलालहरु लाई सुम्पदै , पुरानै जनता बाट बहिस्कृत राज्य प्रणाली कायम गरियो र देश र जनताको अधिकार लाई बिदेशी दलालहरु भ्रष्टचारी र राष्ट्रघातीहरुको इसारामा बन्धक बनाईपछि।

नेपाली क्रान्तिलाई नयाँ ढंगले शष्लेसण गदै क्रान्तिको झण्डालाई सगरमाथाको उचाईमा फर्फराउँदै विभिन्न संघर्ष र बलिदानको गौरवपूर्ण इतिहास बाट आज हाम्रो पार्टी बिप्लब नेकपा यहाँ सम्म आईपुगेको छ। पार्टीको संघर्ष , जनकारवाही र जनसमर्थनवाट आतिएको दलाल राज्य सत्ताले अहिले पनि संविधानको खिल्ली उडाउँदै राजनैतिक दलमाथि लगाएको प्रतिबन्ध साथै जनघात राष्ट्रघात भष्ट्राचार स्वास्थ्य शिक्षा र दैनिक उपभोग्य वस्तु जस्ता जनताका नैशरगिक अधिकार माथीको लुटखसुट र ज्यादतीले देश र जनता अक्रान्त छन्। झनै को -भिड १९ विश्व महामारीले विश्वको अर्थतन्त्रनै खतरामा परेको बेला नेपाल जस्तो गरिबिको रेखा मिनु रहेको देशको जन -धनको सुरक्षा झनै गम्भीर भईरहेको छ। तर यो दलाल राज्य व्यवस्था संगँ कुनै पनि ठोस कार्यक्रम र योजनाहरु छैन। र यो सबै समधान गर्न दलाल राज्य व्यवस्था बाट संभव पनि छैन। त्यसैले हाम्रो पार्टी ले पुनर्गठन भए देखि नै वैज्ञानिक समाजवादले मात्र राष्ट्रि र जनताको समस्या हल गर्न संभव छ। भन्दै वैज्ञानिक समाजवाद स्थापनाको लागि संघर्ष गर्दै अाएको बिषय सर्वविदितै छ। यो जनताको संघर्ष निरन्तर जारि छ। क्रान्तिमा भएको जनसमर्थन र यूवाहरुको उत्साह जनक सहभागिताले क्रान्ति छिटै सम्पन्न हुने छ। सम्पुर्ण नेपालीहरु एकजुड भाई अघि बढौं क्रान्ति लाई सफल पारौ।
अनि मात्र जनता अधिकार सम्पन्न हुने छ। देश स्वाधिन समुन्नत हुने साथै एकिकृत जनक्रान्ती मार्फत क्रान्ति संभव छ। भन्ने शुभकामना सन्देश अाजको बिषेश दिनमा ब्यक्ति गर्दछौ।
-जनप्रगतिशील मोर्चा मलेसिया।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal