अर्घाखाँची ७ मसिर
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पाटी अर्घाखाँची ८ औ पार्टी स्थापना दिबस तथा पार्टी पुर्नगठनको सन्दर्भमा व्यानर टाँसेको छ । अर्घाखाँचीको भुमिस्थान र सन्धिखर्क नगर समिति लगायत विभिन्न क्षेत्रमा पोष्टर टासेर पार्टीको पुर्नगठन दिवस मनाउन लागेको अखिल (क्रान्तिकारी) अर्घाखाँचीका अध्यक्ष नवीन खडकाले बताए । पार्टी पुर्नगठन दिबसलाई भब्य सभ्य रुपमा मनाउन र क्रान्तिको उचाईलाई जनताको सामु जागरुक बनाउनको लागि प्रत्येक प्रत्येक वडा वडा सार्बजनिक स्थलमा व्यानर पोष्टर टाँसिएको खड्काले बताउनुभएको छ । नेता खड्काले जनता अहिलेको सत्ताबाट आजित भएकोले जनताको वैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी आएको बताएका थिए । नेकपाले मसिर ८ गते देश व्यापी रुपमा ८ औ स्थापना दिबस मनाउन लागेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ७ गते आइतवार