ट्रेन्डीङ्ग

पवनका ५ मुक्तक

(१)
लाखौं सपनाहरु बासी हैन अझै ताजी थिए
सपना बोक्नेहरु खोला वारि अनि पारी थिए
आलो घाउहरुमा मलाम पट्टि लागाइदिने हरु
दिन प्रती दिन तर्की तर्की कतै टाढिदै थिए।

(२)
जसले ल्यायो सुनौलो बिहानी उसको यस्तो हालत किन
झुटा आश्वासन दिई खोक्रो कम्युनिस्ट खोल ओड्छौ किन
बिर्को लागेको चिनाको डिब्बामा कामिला पसाल्नेहरु
कम्युनिस्टको सिद्धान्त , दर्शन आज उल्टो भयो किन।

(३)
भोको पेटेको पीडा , भोको पेटले नै बुझ्दो रहेछ
देखिन मैले तिम्रो क्रान्ति खै कुन पालामा रहेछ
शब्दमा गार्‍हो भयो तिम्रा झुटा आश्वासन राख्न
लाग्छ मलाइ तिम्रो क्रान्ति चितवन तिरै रहेछ।

(४)
नातावादको बिरोधि थियौं तिमी आज नातै हेर्छौ किन
आज सिहिदहरुको बिचल्लि देख्दा खुन उम्लिन्छ किन
संविधानमा तिम्रो बुर्जुवा शिक्षा निशुल्क हुने भए पछि
पैसा नभएर नै नानी बाबू बिधालय जान पाउदैनन् किन।

(५)

कसरि पूरा गर्छौ सपना गाउँ भरी छोटे राजा भए पछि
सिहदरबरको लुट अनि झुट गाउँ गाउँ लिएर गए पछि
केहि लछारपाटो लाग्दैन दिन दिनै तिम्रा नेता फेरि
नेता हैन हुँदैन पूरा सहिदका सपनाहरु प्रक्रिया नफेरी।                  -पवन ज्ञावालि
विद्यार्थी,सामाजिक अभियान्ता(बुुटवल-११ कालिकानगर)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?