कात्तिक ४ दैलेख ।
विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी दैलेखले जिल्लाका बिभिन्न स्थानियतहमा झन्डै तिन लाख मुल्य बराबरका सेनिटाईजर र मास्क वितरण गरेको छ । नेपालीहरुको महान् चाड विजया दशमी नजिकदै गर्दा जिल्ला वाहिर बाट गाउँतिर आवतजावत वढी हुने भएकाले कोभिड १९ को जोखिम हुनसक्ने र त्यसवाट जनतालाई वचाउनको लागि नेपाल कम्युनिस्ट पार्टी दैलेखको आयोजना र अखिल (क्रान्तिकारी)केन्द्रीय सदस्य प्रकाश तिरुवाको पहलमा आठविस नगरपालिकाको वडा न ं१ सात्तला, वडा न ६ सिहासैन र ठाँटीकाँध गाउँपालिकाको वडा नं ६ तौलिपाटा आग्र ,वडा नं ५ लामा मेला, वडा नं १ नदाई , शिराडी वडा नं ५ को गैरेगाउँ र गुराँस गाउँपालिकाको स्यालभैरीका जनसमुदायलाई स्वास्थ्य सुरक्षाका सामाग्री अन्र्तगत सेनिटाईजर र मास्क वितरण गरिएको हो ।
यस्तै गुराँस गाउँपालीकामा सेनिटाईजर र मास्क वितरणको जिम्मा जिल्ला सेक्रेटरी मादुरो , आठविस नगरपालिकामा कमरेड सुद्रशन र प्रकाश तथा ठाँटीकाँध गाउँपालिकामा कमरेड शँकेत , शरद र प्रतिक्षालाई दिईएको नेपाल कम्युनिस्ट पार्टी दैलेखका ईन्चार्ज दिपेन्द्रले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०७७ कार्तिक ४ गते मङ्गलवार