नवलपरासी , कार्तिक १५। पश्चिम् नवलपरासीको सुनवल १३ बडेराका आशिष भट्टराई बिगत ३ दिन देखी वेपत्ता भएका छन् । कार्तिक १३ गते बिहान घर बाट बुटवल जान्छु भनी हिडेको अहिले सम्म सम्पर्कमा नभएको भन्दै खोजीका लागी पहल गरिदिन परिवाले सम्पुर्णमा आग्रह गरेको छ ।

आशिषका परिवारका एक सदस्य कपिल देव अधिकारिले सामाजिक संजालमा फेसबुक लेख्दै भनेका छ: ल है मेरा फेसबुक मित्र याे बाबू तीन दिन देखि बडेरा बाटबुटवल जान भनी चेक सर्ट र जिन्स पाइन्ट लगाएकाे ,खैराे खालकाे झाेला बेकेर हिडेकाे आजसम्म सम्पर्क विहिन भएकाेले जहाँकहिँ कसैले देख्नु हुनेले तुरुन्त खबर दिनुहुन अनुराेध छ ।कृपया हामी आकुलब्याल छाैँ।नाम आसिष भट्टराई नवलपरासि जिल्ला सुनवल 13 बडेरा ठेगाना भएकाे ।
सम्पर्क नम्बर :9857059658 9847289870 कृपया सेयर पनि गर्नु है।

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार