वालिङ ५ कार्तिक।
स्थानीय कला र संस्कृतिको जगेर्ना गर्न भन्दै स्याङ्जाको वालिङ नगरपालिका वडा नं १३ ले आफ्नो वडा भित्रको सिपकार एकता समुहलाई निशुल्क रुपमा पञ्चेबाजा हस्तान्तरण गरेको छ ।
एकता समुहलाई हस्तान्तरण गरेको बाजामा २ थान कर्नर,२ थान सनाहि,२ थान दमाहा २ थान नरसिंहा ,१/१ थान झुर्मा, ढोलकी र टेंकु गरि जम्मा ११ थान रहेका छन ।

विबाह, ब्रतबन्ध,कुलपूजा,भोज भतेर जस्ता शुभकार्य हरुमा बजाइने नेपाली मौलिक बाजाहरुको ठाउँमा विदेशी बाजाहरुले प्राथमिकता पाइरहेको यो अवस्थामा आफ्नो कला र संस्कृतिलाई संरक्षण गरि निरन्तरता दिनकै लागि भएपनि उक्त समुहलाई बाजा र १ सेट पोसाक दिएर एउटा सानो पहल गरिएको वडा अध्यक्ष आनन्द पाठकले बताए ।
बाजा पाए संगै एकता समुहका अग्रज डिल बहादुर दमै एकदमै हर्षित भएको र हाम्रो सिलाई बुनाई पेशा संगै बाबु बाजे देखि गर्दै आएको बजाउने पेशा पनि निरन्तर रुपमा अगाडी बढाएको अनुभब सुनाउनुका साथै आउदो पुस्तालाई समेत सिकाउनु पर्ने कुरामा जोड दिए ।

कोरोना माहामारीको समयमा सिमित ब्यक्ति हरुको उपस्थितिमा भएको पञ्चेबाजा हस्तान्तरण कार्यक्रममा केहि समय बाजा बजाएर समेत मनोरञ्जन दिएका थिए ।

प्रकाशित मिति : २०७७ कार्तिक ५ गते बुधवार