कार्तिक ८, काठमाडौ  । विप्लव नेतृत्वको नेकपाद्वारा संन्चालित जनसत्ताको केन्द्रीय जनपरिषद नेपालले प्रधानमन्त्री वली र भारतीय खुफिया संस्था ‘र’अका प्रमुख सामन्तकुमार गोयल संगको गोप्य भेटघाट र कुराकानी गर्नु नेपाल र नेपाली जनताका लागी लज्जाको बिषय भएको बताएको छ ।                                                                शनिबार जनपरिषदका प्रमुख सन्तोष बुढा मगरले एक प्रेस विज्ञप्ती जारी गर्दै यो घटनाले नेपालको संसदीय व्यवस्था दलालहरुको हातबाट सञ्चालित रहेको कुरा प्रष्ट पारेको बताएका छन् ।

विज्ञप्तीमा बुढा मगरले भनेका छन् “हालै नेपाल सरकारका प्रधानमन्त्री केपी वलीले भारतीय खुफिया संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेटघाट गर्नु भनेको नेपाल र नेपाली जनताका निम्ति लज्जास्पद बिषय हो । यसले नेपालको नेपालको संसदीय व्यवस्था दलालहरूको हातबाट सञ्चालित छ भन्ने कुरा स्पष्ट गर्दछ ।”

उनले भेटघाट कुन बिषयमा छलफल भयो भन्ने कुरा गोप्य रहनु गम्भीर आपत्तिको बिषय हो । तत्काल उक्त बिषयलाई नेपाली जनतासामु सार्वजनिक गर्न माग समेत गरेको छन् ।

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार