काठमाडौ । गाउँ र सहरको अन्तरसम्बन्ध
कार्यदिशा सहि हुनु र नहुनुले नै सबै कुराको फैसला गर्छ।कमरेड . माओको यो भनाई अत्यन्तै महत्वोपुर्ण र सान्दर्भिक छ ! रुसमा जनबिद्रोहको कार्यदिशा समयानुकुल थियो जसका आधारमा बोल्सेबिक पार्टीको नेतृत्वमा सन १८१६ मा अक्टोबर क्रान्तिमार्फत समाजबादि क्रान्ति समप्न्न गरियो ।दीर्घकालीन जनयुद्धको कार्यदिशाको बलमा चिनियाँ कम्युनिस्ट पार्टीले सन १९४५ मा जनबादी क्रान्ति सप्पन्न गर्‍यो ।

भियतनाम ,क्युबा,उत्तरकोरिया,पेरुलगाएत देशमा समेत आफ्नो देशको मौलिक विशेषताका आधारमा कार्यदिशाको निर्माण र क्रान्तिहरु अगाडि बढेका सन्दर्भहरुलाई नजरअन्दाज गर्नु राजनीतिक अपरिपक्वता हुनेछ ।
हाम्रो पार्टीले आजको बिश्व राजनीतिमा देखिएको नयाँ विशेषताहरु र नेपालि अर्थ राजनीतिका मौलिक विशेषताहरुलाई दन्दात्मक भौतिकबादी दृस्ठिकोणको आधारबाट समायनुकुल निष्कर्स निकालेको छ। यसमा धेरै विशेषताहरु पर्छन ।

त्यसमध्य एउटा् महत्वोपुर्ण विशेषता भनेको आजको नेपाली राजनीतिमा गाउँ र शहरको अन्तरसम्बन्ध हो । क्रान्तिको निशाना गाउँ र शहरमध्य कता लगाउने? मुख्य आधार गाउँ र शहरमध्य कहाँ हुने ?
यो निकै महत्वोपुर्ण प्रश्न हो ।यसको सहि र बस्तुनिस्ठ सशलेषणबिना क्रान्ति सप्पन्न गर्न सकिदैन ।क्रान्तिका लागि आज लागु गरिने कार्यदिशाले यो पक्षलाई आत्मसात नगरीकन नेपालमा जनबादी क्रान्ति सफल हुन सक्दैन । जस्तै हामीले ,हेर्न सक्छौं ,रुसमा प्रयोग र सफल भएको सशस्त्र जनबिद्रोहको कार्यदिशाको मुख्य केन्द्र शहर नै थियोे किनकि रुसमा शहरको बिकास र बिस्तारको चरण निकै उच्च तहमा पुगिसकेको थियोे ।

चिनमा प्रयोग र सफल भएको दीर्घकालीन जनयुद्धको कार्यदिशाको केन्द्रिय बिन्दु गाउँ थियोे ।चीन गाउँ नै गाउँले भरिएको देश थियोे ।शहरको बिकास र बिस्तारले गति लिएको थिएन ।सिमित भएका शहरहरुमा पनि साम्राज्यवादले मुख्य अखडा बनाएको थियोे भने क्युबियन क्रान्तिको कार्यदिशाको प्रयोग आफ्नै मौलिकतामा त्रिकोणात्मक ढङ्गले भएको पाइन्छ ।

दन्दबादले प्रकृति र समाजमा हुने बिकासलाई दुई तरिकाले हेर्ने ,बुझ्ने र ब्याख्या गर्ने गर्छ ।ती हुन : मन्द बिकास र द्रुत बिकास ।यी दुबै पक्षलाई समिश्रण गरेर हेर्दा नेपालमा गाउँ र शहरको अन्तरसम्बन्ध र बिकास आफ्नै मौलिक धरातलमा उभिएको छ। सबै प्रकारका बस्तुगत पक्ष र आयामहरुले गर्दा गाउँ र शहरको दुरि घटेको छ ।सबै सम्बन्ध र सामाजिक परिवेशले गर्दा गाउँ शहर जस्तो देखिन्छ भने शहर गाउँजस्तो बनेको छ ।आधुनिक शहरको द्रुत बिकास नभएको भए पनि देशलाई सहरीकरणले छपक्क ढाक्न थालेको छ ।सूचना / संचार जनसंख्या र बसोबास आर्थिक आधार र परिचालन ,सास्कृतिक अन्तरसम्बन्ध ,बजार बिस्तार र सम्बन्ध ,यातायात बिस्तार र सम्बन्ध आदिका कारणले क्रमश गाउँ र शहरको सिमारेखा मेटिन थालेको छ।
-तुफान सिंह कालिकोटे

प्रकाशित मिति : २०७७ कार्तिक १५ गते शनिवार