सफल शर्मा,४ असोज ,नवलपरासी ।
प्रतिनिधिसभा सदस्य माननिय देवेन्द्रराज कण्डेलले संबिधान दिवसका अवसरमा सरकारले प्रदान गर्ने मानपदवी, अलंकार र पदकको अवमूल्यन भएको आरोप लगाउनुभएको छ ।

पुर्व गृहराज्य मन्त्रि समेत रहनुभएका प्रतिनिधिसभा सदस्य कण्डेलले सामाजिक संजालमार्फत बढिमा जम्मा २ सयलाई विभुषित गर्ने नियम भएता पनि आज ५९४ जनाको सूची सार्वजनिक गर्नु नै मानपदवी, अलंकार र पदकको अवमूल्यन गर्नुरहेको बताउनुभयो । जसमा केही सम्मान योग्य छन तर अधिकांशतः मापदंड विपरीत रहेको उहाको भनाई छ । उहाले लेख्नुभयो “ नियमावलीको नियम ३४(क) मा “मानपदवी १००, अलंकार र पदक ५०/५०जना “गरी बढीमा जम्मा २०० लाई विभूषित गर्ने नियम भएता पनि आज आयो , हो जस्ले गर्दा मानपदवी,अलंकार र पदक को अवमूल्यन भएको छ ।”

कण्डेलले विभिन्न व्यक्तित्वलाई प्रदान गरिएको पदक सहि व्यक्तिले नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाले कोरोना महामारिको यस विषम परिस्थितिमा अहोरात्र अग्रपक्तिमा खटिएका स्वास्थ्यकर्मि, सुरक्षा निकाय, स्थानीय तह , बाढ़ी र पहिरोमा खटिएका सुरक्षाकर्मि तथा समाजसेवीहरू प्रति के न्याय वा मुल्याकन गर्न सक्यो ? भनि सरकार संग प्रश्न पनि गर्नुभयो । सड़कमा कोही भाकै रहदैन भनेर बारम्बार बोल्ने प्रधानमन्त्री संविधान दिवसमा पुष्पवृष्टि गर्दै हिडेको आरोप लगाउनुभयो ।

देवेन्द्रराज कण्डेलले सामाजिक सामाजिक सजाल(फेसबुक) मा लेखेको जस्ताको त्यस्तै :संविधान दिवस को अवसरमा प्राप्त पदक ले, डा.सन्दुक रूइत जस्ले आँखा को क्षेत्र मा देश र अन्तर्राष्ट्रीय क्षेत्र मा पुराएको योगदान ले नेपाल र नेपाली सम्मानित भएका छन अर्को तर्फ अ.दु.अ.आ.का प्रमुख आयुक्त नवीन कुमार घिमिरे अवकाश भै जादै गर्दा विभीन्न भ्रष्टाचार का ठूला भ्रष्टाचारी का फ़ाइल तामेली मा राखे वापत यों सरकार ले दिएको पदक ले नेपाल र नेपाली लाई के दियो ? भ्रष्टाचारी को मुख न हेर्ने मुख मा पानी लिएर नबोल्ने/सड़क मा कोही भोका नरहने भनी बारम्बार बोल्ने हाम्रा प्रधानमंत्री संविधान दिवस मा पुष्पवृष्टि गर्दै गर्दा सहयोगी हाथ ले खुवाएका ति समाजसेवी,Covid 19 मा अहोरात्र अग्रपक्ति मा खटिएका स्वास्थ्य कर्मी,सुरक्षा निकाय,स्थानीय तह ,बाढ़ी र पहिरो मा खटिएका सुरक्षाकर्मी तथा समाजसेवी हरू प्रति के न्याय वा मुल्याकन गर्न सक्यो ?नियमावली को नियम ३४(क) मा “मानपदवी १००,अलंकार र पदक ५०/५०जना “गरी बढीमा जम्मा २०० लाई विभूषित गर्ने नियम भएता पनि आज ५९४ जना को सूची आयो , हो केही सम्मान योग्य छन तर अधिकांशतः मापदंड विपरीत छन जस्ले गर्दा मानपदवी,अलंकार र पदक को अवमूल्यन भएको छ ।राणाशासन र पंचायती ब्यवस्था,शाही सरकार कार्यकाल को आलोचना गर्ने नैतिकता पनि प्रधानमंत्री के.पी.शर्मा ओली को छैन भन्नै मेरो धारणा हो बाक़ी यों समाजिक संजाल हेर्ने समग्र महानुभाव हरू को विचार लाई उच्च सम्मान का साथ ग्रहण गर्ने छु धन्यवाद ।

 

प्रकाशित मिति : २०७७ असोज ४ गते आइतवार