कविता

ज्ञान बिनाको मान्छ

क्वार्ज ढुङ्गा ठूलो अलपत्र
जगमग चम्किलो भेटे
ब्यापारी ठमेल पुर्‍याउछ
गिट्टी कुट्ने आमाले त्यसलाई
हम्बरले ठोकेर गिट्टी बनाउछिन्
मुर्तिकारले कुनै भगवानको
काल्पनिक अवतारको मुर्ती
बनाएर कतै सजाउछ।

फुलका बिरुवाको नर्सरीवाला
ग्राहाक खोजेर बेर्ना बेच्छ नाफामा
बगैचा हुने त्यसलाई रोपेर
ढकमक्क फुलाएर बाग रंगिचंगी
साह्रै सुन्दर बनाउछन्
धर्मभिरु त्यो मुस्कुराउदै गरेको
बगैचाको शोभा मरक्क मर्काएर फुल
कुनै कल्पित भगवानको मुर्तिमा
सम्पती माग्दै लगेर अर्पण गर्छन्
पुजारी बेलुका त्यसलाई फोहरको
कन्टेनरमा लगेर बिसर्जन गर्छन् ।

मान्छे जस्तो चेतना भएको छ
त्यसै अनुसार काम गर्छ
डाक्टरले घरको नक्सा बनाउदैन
इन्जिनियरले रोग पत्ता लगाउदैन
राजनीतिक शास्त्र पढेकाले
अर्थशास्त्रीको काम गर्दैन
हलो जोत्ने किसानहरु सिद्धांत
कारखानामा काम गर्ने मजदुरहरु
हावइजहाज उडाएर कावाखान
कदापि सक्दैनन् तिनिहरु ।

देश हाक्न पनि सत्ता चलाउन
इच्छाशक्ति नभएका बज्रस्वाठहरु
पुर्‍याएको कस्ले हो त्यो ठाउमा
आफै झाँक्री आफै बोक्सी
भएर नै सबै लहडी औकात बिनाका
सत्तालाई आफ्नो बाउको बिर्ता ठानेर
पाकेटमार सत्ता चलाउछ्न् अहिले ।

भ्रष्ट अख्तियार प्रमुख हुन्छन्
हत्यारा जेलबाट निर्दोष भएर छुट्छ्न्
न्यायाधीश आर्थिक चलखेल गर्छन्
सबका सब काम नलाग्ने फोहोरका डंगुर
सत्तामा छन् गणतन्त्रमा अहिले
त्यही भएर यो ब्यवस्था पनि
बोकाको मुखमा कुभिन्डो भएन र ?

ए नेपाली जनता ए नागरिक
भत्काउन लागौ यो बेथिति
पुरै फालौ फोहोरका डंगुरहरु
सिसडोल मै लगेर तिनलाई
अनि स्काभेटरले गहिरो खाल्डो खनेर
निस्कन र फेरि टाउको नउठाउने सधै
दुर्गन्ध समेत ननिस्कने गरि बस्तिमा
त्यही गाडौ खाल्डोमा
त्यही तिनिहरुको दाह संस्कार गरौ।

प्रकाशित मिति : २०७७ असोज १२ गते सोमवार