कविता ✍️
मृत्यु
कालो अँध्यारो रातमा
भयानक डरलाग्दो एउटा सत्य
मृत्युको रूपमा उभिएर बसेको छ
र हरेक पल हरेक समय
मान्छेहरुलाई तड्पाई तड्पाई
डसिरहेको छ।

एक छिन सोच्नुहोस् त
कहाँ भेटाउनु भएन मृत्यु
कहीँ पहिरो गएर
पुरिएको छ बस्ती
हो त्यहाँ मृत्यु पुगेको छ
जहाँ भोकले र रोगले छ्ट्पटाई रहँदा
चिच्याई चिच्याई रुदाँ कराउँदा
र आफ्नो शरीरलाई दुखाई रहँदा पनि
सजिलोसँग पुगेको छ मृत्यु
एउटा कमजोर डोरीमा पनि
झुन्डिएको छ मृत्यु
थोरै मिठाइमा पनि मुत्यु छ
मृत्यु कहाँ छैन ?
हरेक क्षण हरेक पल पल मान्छे
आफ्नो सत्य मृत्यु आँफै बोकेर
हिँड्ने गर्छ ।

तर खै किन मान्छे
आफूलाई मै हुँ सम्झन्छन्

तर किन मान्छे
जन्म र मृत्यु सत्य हुँदा पनि
आफूलाई असत्य बनाई रहेकाछ्न्
जन्म र मृत्युको बिचको उमेरलाई
तन्काएर मनमा अनेकौं ढोँगको कुण्ठा
पालेर बैकुण्ठ जाने बिचार राख्छन्
मान्छेहरु!

-प्रचण्ड गौतम

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार