ट्रेन्डीङ्ग

महिनावारी सम्बन्धि सचेतना कार्यक्रम

माघ ८ सुनवल । पश्चिम् नवलपरासीको सुनवल नगरपालिकामा समाजमा रहेका महिनावारी सम्बन्धि सचेतना कार्यक्रम सुरुवात भएको छ ।सुनवल नपा वडा ९ मा रहेको प्रगति मावि देखि सुरुवात भएको कार्यक्रममा महिनावारी अन्धविश्वास,कुसंस्कारको अन्त्य गर्दै महिनावारीमैत्री समाज निर्माण गर्ने उद्देश्यका साथ Gift for Girls Campaign को आयोजना, Untold Period Stories को सहआयोजना तथा ERC को सहयोगमा गरिएको थियो ।करिब १०० जना सहभागी बिद्यार्थीहरुको उपस्थितिमा गरिएको सचेतना कार्यक्रममा महिनावारी हुदा के गर्नु हुन्छ ? के गर्नु हुदैन ? महिनावारी भनेको के हो ? भन्ने बिषयलाई मुख्य भुमिका राख्दै सचेतनामुलक कार्यक्रम भएको थियोमहिनावारी सम्बन्धि विद्यालय सचेतना कार्यक्रम प्रगति मा वि,स्वाठीबाट सुरूवात भएको कार्यक्रम सुनवल नपा भित्र भएका सम्पुर्ण सरकारी विधालयमा हुने अभियान्ता सौरभ न्यौपानेले जानकारी दिनु भयो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal