• २०७७ फाल्गुन २२ गते शनिवार

आमा-पवन

(१)
आमा ! खै कुन शब्दले बयान गरु म तिम्रो
खै कसरी भुलु र म त्यो न्यानो स्पर्श तिम्रो
तप तप ती आशु अनि खुनका भेलहरु मा
कसरी तिरु दुध अनि नौ महिने भाडा तिम्रो।

(२)
आमा तिमीलाइ बेथा लागेर दैलो छेके पछि
सबै दुख कष्टहरु भुल्यौ है मलाइ देखे पछि
धेरै मुक्तक लेखे तर तिम्रो लागि शब्दै पाइन
अमृत पिए जस्तै हुनि नौ धारे दूध खाए पछि ।

(३)
हरेक रात अनिदो हुदि रहेछौ म सानो छ्दा
स्वर्ग गए जस्तै हुन्थियो तिम्रो काखमा छ्दा
पिठ्युँ भरी घासको भरी कठै ती खाली गोडा
कति कष्ट पायौं है बेसि गोठ , गाउँ घर छदा ।

(४)
आमा त्यो !रातो चुली हजार ठाउँ फाटे पछि
नयाँ किने जस्तो मान्थियौ चार तिर टाले पछि
खनियाघारि , भञ्ज्याङ अनि चौतारिहरु मा
ओत लाउने गर्नु हुन्थियो आमा पानी आए पछि

(५)
झुल्मुले त्यो बिहानी अनि हरेक दुख तिम्रा
बिहानिको सिरेठोले घुडा दुख्नि गर्थे तिम्रा
गोठमा घास नभएर ,साढे सारै कराए पछि
वाआ ! वाआ गर्दै कराउनु बाटो हेर्दै तिम्रा।। -पवन ज्ञावलि,बुटवल