अखिल (क्रान्तिकारी)जाजरकोटको तेस्रो पुर्ण बैठक सम्पन्न

भदौ २१ जाजरकोट ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) जाजरकोटको उपलब्ध सचिवालय स्तरको तेस्रो पुर्ण बैठक जाजरकोट सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।
अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य कमलसिंह बुढाको प्रमुख आथित्यता,नेपाल कम्युनिस्ट पार्टिका केन्द्रिय सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज आदरणीय कमरेड संगम आरसीको बिशेश,नेपाल कम्युनिस्ट पार्टी जाजरकोटका सचिव अनन्तको उपस्तिथिमा बैठक सम्पन्न भएको छ ।बैठकले आगामी असोज ६,७,र ८ गते पोखरामा हुने २२ औँ राष्ट्रिय सम्मेलन सफल पार्न जिल्लामा राजनैतिक गतिविधि, संगठनात्मक गतिविधिलाई तिव्ररुपमा अगाडि बढाउने निर्णय गरिएको छ अखिल (क्रान्तिकारी)जाजरकोटका जिल्ला उपाध्यक्ष दिपेन्द्र सिंहले जानकारी दिनुभयो ।