ट्रेन्डीङ्ग

नेकपा डोटिले ७ औं पार्टी पुर्नगठनको अवसरमा विभिन्न कार्यक्रम गरि मनायो

मंसिर ८ डोटी । बिद्रोही नेपाल कम्युनिष्ट पार्टी डोटीले अाफ्नो ७ अौ पार्टी स्थापना दिवश सानदार र भब्य तरीकाले मनाएको छ । अार्दश गाउँ पालिकामा कार्यक्रम भएको हो। एक माध्यामिक बिध्यालयका साना कक्षाका भाई बहिनी हरुको कोठामा अोछ्याआउने म्याटीस र ठुला कक्षामा अध्ययन गर्ने भाई बहिनिहरुका लागि खेल सामाग्री बिध्यालयलाई हस्तान्त्रण गरि मनाएको छ। साथै भलीबल खेल खेलाई प्रथम हुने टिमलाई रकम सहित पुरुस्कार रासी दिईएको छ। जिल्ला पार्टी कार्यलय सचिव कम्रेड बिकल्पले सञ्चालन गरेको ७ औ पार्टी स्थापना दिवश जिल्ला पार्टी सचिव कालू पाण्डेको अदक्ष्यतामा भएको छ । कार्यक्रम प्रमुख अथिति जिल्ला पार्टी ईन्चार्ज तर्कराज रहनु भएको थियो। ७ औ पार्टी स्थापना दिवश कार्यक्रममा अाफ्नो शुभ कामना मनतब्य दिनु हुँदै सम्मपुर्ण क्रान्तिकारी शक्ति, राजनितिक दल ,नगरिक समाज , बुद्धीजिबी ,मानव अधिकार कर्मि, देश भक्त, राष्ट्रवादी शक्ति, सुरक्षा कर्मि मित्र, पत्रकार र देश बिदेशमा रहुनु हुने अाम नेपाली नागरीकमा शुभ कामना ब्यक्त गर्नु भएको छ । शुभ कामना मनतब्यकै क्रममा देश यतिबेला निकै गम्भीर र सङ्कटमा रहेको र अहिलेको पुजिवाद र तेसले सञ्चालन गरेको संसदिय ब्यावस्था नै नेपाली जनताको दुशनम भएको बताउनु भयो। अहिले हाम्रो पार्टी माथी प्रतिबन्ध लगाईएको यो अबस्था छ। प्रतिवन्धका बाबजुद पनि हामी हाम्रो पार्टीका गतिबिधी जनता सङ्गैको सहकार्यमा सञ्चालन गर्दै अाई रहेका छौ। अहिलेको दुई तिहाईको मात लागेको यो सरकार जनताको खुन चुस्ने किन्ना हो र यसले नेपाली जनताको भलो हुने कुनै पनि काम गर्न सक्दैन। नेपालको ईतिहासमै सबै भन्दा बढी भष्ट्र र राष्ट्रघाती यो सरकार बिदेशी प्रभुको पुर्ण समर्थनमा सञ्चालन भई रहेको छ। कोबिड १९ को महामारीमा विश्व अाक्रन्त छ तर सरकार जनताको स्वास्थ्य प्रति उदासीन छ। कोहि मरुन या बाचुन सरकार को कुनै जिम्मेवारी होईन भन्दै पन्छिनु नै सरकारको कर्तब्य हो जस्तै भएको छ। बिकासको नाममा जनतालाई ढाट्नु ठग्नु विभिन्न अायोजनामा कमिसन मा लिप्त यो राज्य र सरकारका मन्त्रीदेखि जनताका प्रतिनिधि हौ भन्ने हरु सबै व्यापक भ्रष्ट्रचारमा लिप्त भएको प्रमाण नेपाली जनता सङ्ग छ। सरकारको नालायिक पन m c c जस्तो राष्ट्रघात सिमा अतिक्रमण र भारतिय हस्तक्षेप भारतिय एजेन्सी संस्था र प्रमुख नेपाल भ्रमण र कुटनितिक मर्यादा बिपरित प्रधानमन्त्री र राजनिति दलका नेताहरुको पाउ ढोगाई र नेपालको राष्ट्रीयता प्रति अाच अाउने गरि भाषण गर्दै हिड्ने भारतिय सेना प्रमुक नरभानेको नेपाल भ्रमण र मानार्थ सेनापतिको उपाधि दिनु सरकारको नालाईकिपन र सरकारको गैर जिम्मेवारी हो । सरकार र सत्ता धारी पार्टीका नेताहरु राष्ट्रीय समस्या प्रति कुनै जिम्वार देखिदैनन् अापसी पद कुर्सी र सुबिधाको लडाईमा बेस्त भएको कुरा सर्वबिधितै छ। वाईटवढी काण्ड क्वारेन्टीन ब्यावस्थापन पिसीअार मेसीन खरीद माक्स खरीद सेकुरेटी एक्सप्रेश मेसीनको खरिद को ७० करोड कान्ड देखि नेपाली जनताको ढाड सेक्ने गरि तेहोरो कर लगाएतका बिषयहरु भ्रष्ट्रचारका अाधारहरु हुन। जनतालाई खानलाई गाँस छैन बस्नलाई बाँस छैन जनताको सरीरमा एक सरो लुगा छैन नेता र कार्यकर्ताको सुबिधामाको लागी गाडी मोटर देखि हवाईजवाज सम्म किन पछी नपर्ने नया सामान्त हरुको जन्म भएको छ इन्चार्ज तर्क राज ले बताउनु भयो। उक्त कार्यक्रममा जिल्ला पार्टी ईन्चार्ज तर्कराजले अबको लडाई सेना प्रहरी र अरु कसै सङ्ग नभई देश द्रोही राष्ट्रघाती दलाल र जनतालाई अनिर्णयको बन्दी बनाउने दलाल संसदीय ब्यवास्थ सङ्ग हुने कुरा बताउनु भएको छ। कार्यक्रमको अन्त्यमा शुभ कामना दुनु हुँदै पार्टी जिल्ला सचिव कालू पाण्डेले अबको हाम्रो लडाई मा नेपाली जनता सङ्गको सहकार्यमा नै अगाडी बढ्ने बिस्वास दिलाउनु भयो। हाम्रो जिल्लामा पनि बिकासको नाममा व्यापक भ्रष्ट्रचार भयको बताउदै जनताको जीवन सङ्ग जोडिएका ठाउमा कुनै बिकासनै नभएको बताउनु भयो। जता बढी कमिसन अाउछ उतै लगानि गरेको छ यहाँका स्थानिय सरकार र यहाका गुण्डाहरुले न शिक्षा मा लगानि लगाएका छन न स्वास्थ्यमा न त खाने पानी न त अन्य कुनै जनताको जीवन सङ्ग जोडिएका बिकासका काममा लगानी लगाउछन । लगानि त केबल कमिसन जता बढी पाईन्छ तेतै लगानी गरि रहेका छन । यसको हिसाब हाम्रो पार्टीले गरीरहेको छ। यो विषम परीस्थितिमा जनताले हाम्रो पार्टीलाई पुर्ण साथ दिने छ भन्ने बिस्वास लिएका छौ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?