ट्रेन्डीङ्ग

सांसदलाई कारबाहिको सूचना टाँस नगरेकोमा सभामुख प्रति लेखराजको आक्रोस

भदौ २९, गणेश एसके,कञ्चनपुर । नेकपा एमालेका नेता पूर्व मन्त्री लेखराज भट्ट सुख्खा बन्दरगाह अनुगमन गर्न मंगलबार कञ्चनपुर आएका थिए । प्रेस चौतारी नेपाल, कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले नेकपा एमाले छोडेर गएका माधव नेपाल पक्षिय १४ सांसद लाई कारबाहीको सिफारिस गर्दा पनि सभामुखले कारबाहीको सूचना टाश नगर्नु अन्याय पूर्ण र अनिष्पक्ष व्यवहार देखाएको टिप्पणी गरेका छन् । उक्त व्यवहारको विरोध गर्दै सभामुख प्रति एमाले नेता भट्टले आक्रोश व्यक्त गरेका छन् ।

सभामुखले संविधानले बनाएको नियमलाई उर्लङ्घन गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कार्यकर्ता भएर काम गरेको जिकिर गर्नुभयो । सभामुखले हामीलाई न्याय नगरे सम्म निरन्तर संसद अवरुद्ध हुने बताएका छन ।

उहाँले भने , ‘ संसदमा यसो सभामुखको गतिविधि हेर्दा उहाँले बोल्ने कुरा, गर्ने व्यवहार सभामुखले गर्नु पर्ने आचरण व्यवहार अनुरूप नरहेको बताउँछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले मलाई सुदुर पश्चिम इन्चार्जको जिम्मेवारी दिइसके पछि सुदृढ र बलियो पार्टी बनाउन आफू प्रतिबद्ध रहेको उहाँको भनाई थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?