
सागर पौडेल, भदौ २९, सुनवल ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल सुनवल नगर समितीले आज शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ।
बाल दिवसको अबसर पारेर सुनवल नगरपालिका वडा नम्बर ११ धुरकोटमा रहेको श्री जन शान्ती प्राथमिक बिधालय का बिद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गरेको हो
सुशील कोइराला सोसलिष्ट युथ सर्कल सुनवल नगर समितीका अध्यक्ष विशाल पौडेलको अध्यक्षता, नेपाली काङ्ग्रेस वडा नम्बर ११ का पुर्व वडा सभापति टेक नारायण यादब को प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस वडा नम्बर ११ का पुर्व वडा सचीव कुलानन्द पान्डेय को विशिष्ट आतिथ्यता, प्रभाथ श्रेष्ठ ,आइतबिर बारघरेको विशेष आतिथ्यता रहेको थियो भने ओम प्रकाश दर्लामी , चेत बहादुर ठाडा , जेसिप श्रेष्ठ ,एलिश केसि , रोमन श्रीपालीको आतिथ्यता रहेको थियो ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल सुनवल नगर समितीका अध्यक्ष विशाल पौडेलले ” आजका बालबालिका भोलीका कर्णधार हुन तसर्थ बालबालिकालाई घृणा होइन माया गरौ , बाल शोषण नगरौ ,बाल श्रम मुक्त गरौ “भन्ने कुरा लाई जोड दिनु भएको थियो भने कार्यक्रम सन्चालन सुशील कोइराला सोसलिष्ट युथ सर्कल जिल्ला सचिव टपन कुमार केवट ले गर्नु भएको थियो ।