
भदौ २८ बझाङ । जनपक्षीय पत्रकारहरुको संगठन जनपत्रकार संगठन नेपाल बझाङको प्रथम भेला सम्पन्न भएको छ ।
जिल्लाको सदरमुकाम चैनपुरमा भएको उक्त भेलाबाट अनिल तिरुवाको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका बझाङ जिल्ला सेक्रेटरी बिराट र विशिष्ट अथितिमा जनपत्रकार संगठन नेपाल सुदुरपश्चिम प्रदेश समितिका संयोजक प्रकाश थापा थिए लगायत नेकपाका नेताकार्यकर्ता ,पत्रकारको उपस्थित रहेको थियो ।